खड़गपुरमा श्रद्धा अनि व्यवस्था दुवैको संगम, चेयरपर्सन तथा एसडीओले सम्हाले कमान
खड़गपुरमा श्रद्धा अनि व्यवस्था दुवैको संगम, चेयरपर्सन तथा एसडीओले सम्हाले कमान


खड़गपुर, 27 अक्टोबर (हि.स.)। छठ पूजाको विशेष अवसरमा खड़गपुर नगरका सबै वार्डहरूमा श्रद्धा अनि उल्लासको वातारण सृजना भएको छ। नगरका विभिन्न घाटहरूमा व्रतालु तथा श्रद्धालुहरूको भीड़ उर्लिएको छ।

खड़गपुर म्युनिसिपैलिटीकी चेयरपर्सन कल्याणी घोषले आज वार्ड संख्या- 12, 13, 28, 32 र 8 स्थित घाटहरूको दौड़ाह गरी तयारी अनि व्यवस्थाको जायजा लिइन्। उनले सफाई, प्रकाश व्यवस्था तथा सुरक्षाको स्थितिको निरीक्षण गर्दै सन्तोष व्यक्त गरिन्। उनले भनिन्, आज छठ पूजाको प्रथम सन्ध्या अर्घ्य हो। श्रद्धालुहरूको सुविधाको लागि नगर प्रशासनको पक्षबाट सबै आवश्यक कदम उठाइएको छ।

यस अवधि प्रशासनिक अधिकारी औ नगरकर्मीहरूले पनि हरेक घाटमा पालै-पालो पुगेर निगरानी गरिरहेका छन्। शहरका एसडीओ योगेश पाटिल स्वयंले व्यवस्थामाथि नजर राखेिरहेका छन् ताकि पर्व शान्तिपूर्ण र सुरक्षित ढंगमा सम्पन्न होस्।स्थानीय मानिसहरूले नगर प्रशासनको यस पहलको सराहना गर्दै भने, यसपालि घाटहरूको स्वच्छता र सुरक्षा व्यवस्था पहिलाभन्दा श्रेष्ठ रह्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande