मदनलाल खुरानाको योगदान दिल्लीको इतिहासमा स्वर्णाक्षरहरूमा अंकित रहनेछः रेखा गुप्ता
मदनलाल खुरानाको योगदान दिल्लीको इतिहासमा स्वर्णाक्षरहरूमा अंकित रहनेछः रेखा गुप्ता


नयाँ दिल्ली, 27 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको पुण्यतिथिमा उनलाई श्रद्धापूर्क मनमन गरिन्। उनले भनिन्, पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको योगदान दिल्लीको इतिहासमा सदैव स्वर्णाक्षरहरूमा अंकित रहनेछ। उनको नेतृत्व एवं दूरदृष्टिले दिल्लीलाई एक आधुनिक शहमा परिणत गर्ने सपना मात्र देखेन जबकि त्यसलाई वास्तविकतामा परिणत गर्नको लागि पनि अथक परिश्रम गरे।

मुख्यमन्त्रीले सोमवार एक्स पोस्टमा भनिन्, दिल्ली सरकारले उनको स्मृतिमा पञ्जाबी बाग चौकको नाम मदनलाल खुरानाको नाममा राखेको छ। यो नामाकरण दिल्लीको विकासमा उनको अथक परिश्रमलाई श्रद्धाञ्जली अर्पित गर्ने अक इमानदार प्रयास हो। उनको पुण्यतिथिमा हामी उनले देखाएको मार्गमा हिँड़ने संकल्प लिन्छौं अनि उनको योगदान सदैव दिल्लीवासीहरूको हृदयमा जीवित रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande