
पश्चिम मेदिनीपुर, 27 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा काली मन्दिरको नजिकै अवस्थित एक प्रसादको पसलमा गए आइतवार राति भयानक आगो लाग्यो जसले गर्दा भाग-दौड़ मचियो। भनिन्छ, आगो राति लगभग 11 बजी लागेको थियो जतिबेला अधिकांश पसलहरू बन्द थिए।
स्थानीय मानिसरूले तुरून्तै बेलदा थाना पुलिसलाई सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर खड़गपुरबाट दमकल वाहनहरूलाई बोलायो। आगोको तीव्रता अधिक भएको कारण पुलिसलाई शटर भत्काेर भिड़ पस्नु पऱ्यो। त्यसपछि दमकल कर्मी, बेलदा पुलिस र स्थानीय मानिसहरूको संयुक्त प्रयासमा आगोलाई नियन्त्रण गरियो।
यो पसल काली मन्दिरका प्रधान पुरोहितको थियो जहाँ प्रसाद र पूजा सामग्रीहरू बेचिन्थ्यो। यस आगलामी पसलभित्रका सबै सामानहरू जलेर खरानी भेको छ। पसल मालिक अनुसार लगभग एक लाख रुपियाँको नोक्सान भएको छ।
प्रारम्भिक जाँचमा शर्ट सर्किट नै आगलागीको सम्भावित कारण रहेको बताइँदैछ। पुलिसले घटनाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा