
सिलगढ़ी, 27 अक्टोबर (हि.स)। सिलगढ़ीको दार्जीलिङ मोड़स्थित फर्नीचर पसलमा गए आइतवार अबेर राति भयंकर आगलागी भयो जसमा चार वटा पसलहरू जलेर खरानी भएको छ। तथापि यस घटनामा मानव क्षति भएको समाचार छैन। यस आगलागीमा 50 लाख रुपियाँभन्दा अधिकको नोक्सान भएको अनुमान छ। घटनाको सूचना पाउनसाथ दमकल विभागका तीन वटा वाहनहरूले घटनास्थलमा पुगेर आगोलाई निभाए। दमकलकर्मीहरूलाई आगो निभाउनको लागि घण्टौं परिश्रम गर्नुपऱ्यो।
अर्कोतिर घटनाको जानकारी पाउनसाथ सिलगढ़ीका विधायक शंकर घोष एवं बोरो चेयरम्यान गार्गी च्यटर्जी घटनास्थलमा पुगे अनि प्रभावित व्यापारीहरूसित भेट गरे। दमकल अधिकारीले बताए, चार वटा पसल जलेर खरानी भएको छ। तीन वटा दमकलको सहयोगले आगोलाई नियन्त्रण गरियो।
विधायक शंकर घोषले भने, प्रशासनले पीड़ित व्यापारीहरूलाई हरसम्भव सहयोग प्रदान गर्नेछ। उनले सिलगढ़ीमा लगातार बढ़्दो आगलागीका घटनाहरूमाथि चिन्ता व्यक्त गर्दै दमकल विभागसित व्यवसायीहरूलाई फायर सेफ्टी प्रशिक्षण दिने आग्रह गरे।
यसरी नै पार्षद एवं बोरो चेयरम्यान गार्गी च्याटर्जीले यस दुर्घटनालाई दुर्भाग्यपूर्ण बताउँदै भनिन्, सिलगढ़ी नगरनिगम यस कठिन समयमा प्रभावित व्यापारीहरूको साथमा छ। उनले भनिन्, मेयर गौतम देवको पक्षबाट आगलागीमा क्षतिग्रस्त पसलहरूका मालिकहरूलाई हरसम्भव सहयोग गरिनेछ।
च्यटर्जीले अझ भनिन्, आगलागीको वास्तविक कारण पत्तो लगाउन जाँच गरिनेछ। यदि यसको पछाड़ि कुनै षड़यन्त्र रहेको थाहा लागे दौषीहरू विरूद्ध कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा