एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो
SDF cheli morch


गान्तोक, 27 अक्टोबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को चेली मोर्चाले आज महिला आयोग र सिक्किम पुलिसका डीजीपीलाई एसडीएफ प्रवक्ता योजना खालिङ, विपक्षी महिला रिमा चापागाईं र अन्य धेरै महिलाहरुमाथि सामाजिक सञ्जाल मार्फत भएका कथित अश्लील, अमानवीय र बलात्कारका धम्किको विरोधमा शिकायत पत्र चढ़ाएको छ।

एसडीएफ चेली मोर्चा उपाध्यक्ष अमृता दियालीद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, यस्ता व्यवहार सभ्य समाजमा नपच्ने व्यवहार हुन्। एक सभ्य राज्यमा यस्ता कृत्यहरुको कुनै स्थान हुॅंदैन र यस्ता कृत्यमा संलग्नहरूलाई कानुनी रुपमा दण्ड दिने गरिन्छ। तर, सिक्किममा यस्ता कृत्य गर्नेहरु खुलेआम घुमिरहेका छ्न। पुलिस प्रशासन र कानुनको कुनै डर बिना बारम्बार यस्ता घिनलाग्दा र समाजलाई अपच्य हुने काम गरिरहेका छन्।

एसडीएफ चेली मोर्चाले कतिपय मामिलाहरूमा पुलिसले शिकायत लिन अस्वीकार गरेको र कुनै मामिलामा पनि आजसम्म अपराधी पक्राउ परेको रेकर्ड नरहेको आरोप लगाएको छ। अर्कोतिर, सत्तारुढ दलको पक्षमा भने विपक्षका निर्दोष कार्यकर्तालाई झुटा केसमा फसाएर कस्टडीमा राखेर दु:ख दिने काम गरेको प्रशस्तै उदाहरण छन् भनी दाबी पनि गरिएको छ। एसडीएफ चेली मोर्चाले आजको शिकायतमाथि निष्पक्ष छानबिन हुनेछ र अपराधीलाई तुरुन्त पक्राउ गरि कानुनी दायरामा ल्याइनेछ भनी आशा व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande