सोनादाको जीर्णा रोड मरमत्तिको मागमा जीटीए प्रमुखसित भेट, चॉंडै मरमत्तिको दिए वचन
Anit thapa


सोनादा, 27 अक्टोबर (हि.स.)। सोनादाको ग्यारेज लाइनदेखि ओह्रालो जाने रोडको जीर्णावस्थालाई लिएर स्थानीय मानिसहरुले‌ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापासित भेट गरेका‌ छन्।

सोनादादेखि ग्यारेज लाइन हुँदै रमिते, नाली चउर, पचेङ भएर रंगमुक, सिडर्स, मुण्डा जाने रोड वर्तमानमा अत्यन्तै जीर्णावस्थामा पुगेको विषय लिएर भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनका प्रतिनिधिहरु र स्थानीय मानिसहरुले आज जीटीएका प्रमुख कार्यपाल अनित थापासित भेट गरे। प्रतिनिधिहरूले यस भेटको क्रममा जीटीए प्रमुखलाई उक्त मार्गको मरमत्तिको माग गर्दै ज्ञापन बुझाए।

जीटीए प्रमुख थापाले यस बाटोलाई आफ्नै उपस्थितिमा आगामी 5 नोभेम्बरदेखि मरमत्तिको लागि कार्य शुरु गरिने वचन दिएका छन्। उनले भने, 'आज लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनका प्रतिनिधिहरु र स्थानीय मानिसहरुसँग भेटघाट गरे। उहाँहरू आफ्नो निम्ति होइन, तर जनताकाे हितको माग लिएर आउनु भएको थियो। ग्यारेज लाइनको बाटो निर्माण विषय हामीले चर्चा गरेका छौं। त्यो बाटो अवश्य बनिने छ।'

उल्लेखनीय छ, सोनादाको ग्यारेज लाइनदेखि ओह्रालो जाने रोड अत्यन्तै जीर्णावस्थामा पुगेकाले स्थानीयहरु र विद्यार्थीहरुले धेरै असुविधा भोगिरहेका छन्। यस रोडको मरमत्तिको लागि स्थानीयहरुले धेरै पहल गरिरहेका थिए। यस रोडको मरमत्तिको लागि यस क्षेत्रको भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको तर्फबाट पनि पहल भइरहेको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande