
पूर्व मेदिनीपुर, 27 अक्टोबर (हि. स.)। खेजुरी विधानसभा क्षेत्रको वीरबंदरमा आयोजित भारतीय जनता पार्टी (भाजपा)-को एक कार्यक्रममा तृणमूल कंग्रेसको अल्पसंख्यक सेलका अध्यक्ष शेख आबेद अलीले भाजपामा सामेल भएर राजनीतिक भुइँचालो ल्याइदिएका छन्। यस अवसरमा खेजुरीका विधायक शान्तनु प्रामाणिक, कान्थि संगठनात्मक जिल्ला नेतृत्व, मण्डल अध्यक्ष रबीन मन्ना, महासचिव सैकेत जाना सहित अन्य वरिष्ठ भाजपा नेताहरू उपस्थित थिए। यस अतिरिक्त भाजपाको अल्पसंख्यक मोर्चाका नेताहर क्रमैले शेख तैयमुर अली, शेख हनीफ, शेख जाकिर समेत अन्य पनि उपस्थित थिए।
भाजपामा सामेल हुनसाथ आबेद अलीले भने, उनले तृणमूलका सबै पदहरूमा आफ्नो जिम्मेवारीलाई छोड़िदिेका छन्। अब भाजपाको नीतिगत मार्गदर्शनमा कार्य गर्नेछन्। उनले यो पनि बताए, उनीसित लगभग 60 परिवार पनि भविष्यमा भाजपामा सामेल हुनेछन्।
विधायक शान्तनु प्रामाणिकले भने, शेख आबेद अलीले तृणमूलमा फैलिएको भ्रष्टाचार र अराजकताको विरोध गर्दै भाजपामा सामेल भएर एउटा नयाँ राजनीतिक कदम उठाएका छन्। भाजपाले उनलाई सदस्यको रूपमा पूर्ण रूपमा स्वीकार गरेको छ।
तृणमूल कंग्रेसले यसमाथि प्रतिक्रिया दिँदै भन्यो, शेख आबेद अली भाजपामा जानुको पछाड़ि व्यक्तिगत स्वार्थ लुकेको छ र यसले तृणमूल कंग्रेसलाई कुनै प्रभाव पार्नेछैन। यस कदमपछि खेजुरीमा राजनीतिक तनाउ अनि चर्चाहरू चुलिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा