नारायणगढ़मा घरभित्र महिलाको शव फेला पऱ्यो
नारायणगढ़मा घरभित्र महिलाको शव फेला पऱ्यो


पश्चिम मेदिनीपुर, 27 अक्टोबर (हि. स.)। जिल्लाको नारायणगढ़स्थित राधानगर क्षेत्रमा गए आइतवार साँझ 39 वर्षीय मणिमला नायकको शव उनको घरभित्रै भेटियो। यस घटनाले क्षेत्रमा खैलाबैला मचियो। घटनाको जानकारी मृतकाका छोरा सुशान्त नायकले त्यसबेला पाए जतिबेला तिनी साँझ कामबाट घर आउँदा आमालाई झुण्डिरहेको अवस्थामा भेटे।

सुशान्त नायकले पुसिललाई बतायो, तिनी दिनभरि काममा थिए र साँझ घरमा आउँदा आमालाई यस्तो स्थितिमा पाए। मृतकाका पति पनि काममै गएका थिए।

स्थानीय मानिसहरूको सूचना पाएर नारायणगढ़ थाना पुलिस तत्कालै घटनास्थलमा आइपुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ साथै घटनास्थलबाट प्रमाण जुटाइरहेको छ।

अधिकारीहरू अनुसार मृतकाको पहिचान मणिमला नायकको रूपमा भएको छ। घटना पछाड़िएको कारण पत्तो लगाउनको लागि पुलिसले परिवारका अन्य सदस्य एवं छिमेकीहरूसित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande