
सिलगढ़ी, 27 अक्टोबर (हि.स.)। सिलगढ़ीस्थित एक होटलको बन्द कोठाबाट बिहार निवासी एकजना महिलाको शवलाई उद्धार गरिएको छ। सोमवार पुलिस सूत्रबाट प्राप्त जानकारी अनुसार यो घटना गत शुक्रवार भएको हो, तर शवको पोस्टमर्टम आइतवार नर्थ बंगाल मेडिकल कलेज एवं हस्पिटलमा मृत महिलाका आफन्तहरूको उपस्थितिमा गरियो।
मृत महिलाको पहिचान पुजा दास (25)-को रूपमा भएको छ जो बिहारको कटिहार जिल्ला निवासी थिइन्। जानकारी अनुसार पूजा गत 22 अक्टोबरको दिन आफ्ना पति र नानीसित सिलगढ़ीको एक होटलमा बसेकी थिइन्। तर घटना घटेको दिनदेखि नै पति नानीहरू लिएर भागेको छ।
पुलिस सूत्र मुताविक गत शुक्रवार बिहान आरोपी पति होटलको रिसेप्शनमा आयो अनि घर फर्किनको लागि कार बुक गर्न भन्यो। त्यसपछि उ नानीहरू लिएर होटलबाट गयो, फर्केर आएन। धेरै समय बितिसक्दा पनि न त महिला कोठाबाट बाहिर आइन्, न उसको पति नै। होटलका कर्मचारीहरूलाई शंका लागेर पुलिसलाई सूचित गरे।
पुलिसले घटनास्थलमा पुगेर कोठा खोली हेर्दा महिलाको शव ओछ्यानमा पल्टिरहेको थियो। पुलिस सूत्र अनुसार महिाको मुखबाट रगत बगिरहेको थियो र उसको गलामा निशान पनि थियो। घटनाको अनुसन्धान गर्ने क्रममा पुलिसलाई थाहा लाग्यो, महिलासित जुन व्यक्ति होटलमा बसेको थियो उ महिलाको पति थियो र नानी उनीहरूको सन्तान। पुलिसले होटल अनि यस वरपरका क्षेत्रहरूको सीसीटीभी फुटेजलाई आफ्नो कब्जामा लिएको छ। प्रारम्भिक जाँचमा पुलिसले शंका व्यक्त गरेको छ, महिलाको हत्या उसैको पतिले गरेको हो।
यस सम्बन्धमा सिलगढ़ी पुलिस आयुक्तालयका डीसीपी राकेश सिंहले बताए, “प्रारम्भिक जाँचमा सामु आएको छ कि महिलाको हत्या ती व्यक्तिले गरेको हो जो उसित होटलमा बसेको थियो जो उसको पति रहेको बताइँदैछ। आरोपीको खोजी जारी छ। उसलाई पक्राउ गरेपछि मात्र हत्या पछाड़िको कारण स्पष्ट हुनेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा