
गुवाहाटी, 27 अक्टोबर (हि.स.)। असम विधानसभाको शीतकालीन अधिवेशन आगामी 25 नोभेम्बरदेखि शुरू हूनेछ। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यद्वारा जारी आदेशमा भनिएको छ, भारतीय संविधानको धारा 178 (संशोधित)- को दफा एक अनुसार विधानसभा अधिवेशनको तिथि निर्धारित गरिएको छ। अधिसूचना अनुसार विधानसभाको अधिवेशन आगामी 25 नोभेम्बरको बिहान 9:30 बजेदेखि शुरू हुनेछ।
असम विधानसभाको शीतकालीन अधिवेशन कोकोहोलोपूर्ण हुने सम्भावना व्यक्त गरिँदैछ। ज्ञात रहोस्, मुख्यमन्त्री नेतृत्वाधिन सरकारद्वारा यसपालिको अधिवेशनमा तीन वटा प्रमुख बील पेश गरिने सम्भावना छ जसको विपक्षी पार्टीहरूले व्यापक विरोध गर्ने कुरा अहिलेदेखि नै विपक्षी खेमाले गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा