
खड़गपुर (मेदिनीपुर), 28 अक्टोबर (हि. स.)। खड़गपुर रेलवे स्टेशनमा जीआरपी पुलिसले ठूलो कारबाही गर्दै गाँजा तस्करीको मामिलाको भण्डाफोर गरेको छ। पुलिसले 5 र 6 नम्बर प्लेटफर्मबाट 9 वटा पोलिब्यागमा भरिएको 17.53 किलोग्राम गाँजा जफत गरेको छ। यस अवधि पुलिसले झारखण्डको धनबाद जिल्लास्थित चुरोखुटा निवासी राजेश रायलाई पक्राउ गरेको छ।
सूत्र अनुसार राजेश राय ओडिशादेखि गाँजा लिएर पुरूलिया गइरहेको थियो। खड़गपुर स्टेशनमा नियमित जाँच अवधि संदिग्ध पोलिब्याग भेटिएकोले पुलिसले जाँच गऱ्यो जसमा प्रचुर मात्रामा गाँजा थियो।
जीआरपी अधिकारीहरूले बताए, जफत गरिएको गाँजाको मूल्य लाखौं रुपियाँ रहेको छ। प्राथमिक जाँचमा थाहा लागेको छ, आरोपी लामो समयदेखिकै गाँजा तस्करीको नेटवर्कसित जोड़िएको छ। पुलिसले राजेश रायसित जाँंचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा