पछिल्लो दुई वर्षमा रेकर्ड 4 करोड़ पर्यटकहरूले जम्मू-कश्मीरको गरे भ्रमण
पछिल्लो दुई वर्षमा रेकर्ड 4 करोड़ पर्यटकहरूले जम्मू-कश्मीरको गरे भ्रमण


श्रीनगर, 28 अक्टोबर (हि.स.)। जम्मू एवं कश्मीर पर्यटन विभागले मंगलवार भन्यो, विभागले पछिल्लो दुई वर्षभित्रमा पर्यटन पूर्वाधारको उन्नयन र प्रचार गतिविधिहरूमा 5 सय करोड़ रुपियाँभन्दा अधिक खर्च गरेको फलस्वरूप केन्द्र्शासित प्रदेशमा रेकर्ड पर्यटनहरूको आगमन भएको छ।

एक प्रश्नको उत्तरमा पर्यटन मन्त्रीले भने, पर्यटन पूर्वाधारको लागि पूँजीगत व्यय बजेट अन्तर्गत वर्ष 2023-24-मा 253.75 करोड़ रुपियाँ अनि वर्ष 2024-25 मा 268.42 करोड़ रुपियाँ आवन्टन गरिएको थियो। यद्यपि यस अवधिमा कुनै केन्द्र प्रायोजित योजना लागू गरिएन।

उनले भने, विभागले विज्ञापन र प्रचारको लागि 50.50 करोड़ रुपियाँ आवन्टन गऱ्यो जसमा 42.74 करोड़ रुपियाँ प्रयोग गरियो। उनले भने, यी अभियानहरूबाट पर्यटकहरूको आगमनमा व्यापक वृद्धि भएको छ साथै नयाँ पर्यटक स्थलहरू पनि उभारमा आएका छन्।

मन्त्रीले भने, पछिल्लो दुई वर्षमा 4 करोड़भन्दा अधिक पर्यटकहरूले जम्मू-कश्मीरको भ्रमण गरे जुन यस क्षेत्रको 1.3 करोड़ जनसंख्यालाई मध्यनजर गर्दै एक अभूतपूर्व आँकड़ा हो। विदेशी पर्यटकहरूको आगमनमा पनि वृद्धि भएको छ जुन वर्ष 2021-22 मा 19,000-देखि बढ़ेर वर्ष 2022-23 -मा 47,000 पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande