
नयाँ दिल्ली, 28 अक्टोबर (हि.स.)। दिल्ली राज्य निर्वाचन आयोगले नगरनिगमका 12 वटा वार्डहरूमा रिक्त रहेको पार्षदको सीटलाई पुर्ताल गर्न उपचुनाउको घोषणा गरेको छ। मतदान आगामी 30 नोभेम्बरमा हुनेछ जसको परिणाम 3 दिसम्बरमा सार्वजनिक हुनेछ।
राज्य निर्वाचन आयोगद्वारा जारी विज्ञप्ति अनुसार उपचुनाउ हुने वार्डहरूमा मुण्डका, शालीमार बाग-बी (महिला), अशोक विहार (महिला), चाँदनी चौक, चाँदनी महल, द्वारका-बी (महिला), दिचाऊँ कलाँ (महिला), नारायणा, संगम विहार-ए, दक्षिण पुरी (एससी), ग्रेटर कैलाश (महिला) औ विनोद नगर सामेल छन्।
नामांकन प्रक्रिया आगामी 3 नोभेम्बरदेखि शुरू हुनेछ भने 10 नोभेम्बरसम्ममा पूरा हुनेछ। नामांकनको जाँच 12 नोभेम्बरम् हुनेछ अनि 15 नोभेम्बरसम्ममा उम्मेद्वारहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। मतदान बिहान 7:30 बजेदेखि शुरू भएर साँझ 5:30 बजेसम्म जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा