
कोलकाता, 28 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) नेता राकेश सिंहलाई उनको छोरा र छोरीसितै पुलिसले कोलकाताको कसबा क्षेत्रस्थित एक आवासीय परिसरमा तोड़फोड़ तथा हमला गरेको आरोपमा पक्राउ गरेको छ।
कोलकाता पुलिसले मंगलवार बतायो, यो घटना गत सोमवार त्यसबेला भयो जतिबेला राकेश सिंह र उनका दुईजना नानीहरूले कथित रूपमा एक फ्ल्याट मालिक र उसका छोराहरूमाथि हमला गरे। राकेश सिंहको त्यसै बहुतले भवनमा एउटा फ्ल्याट छ। उनीमाथि आरोप लगाइएको छ, उनले त्यै आवासीय परिसरमा रहेको अर्को फ्ल्याटलाई बलजफ्ती कब्जा गरेका थिए। फ्ल्याट मालिक दुई-चारजना काम गर्नेहरूलाई लिएर उक्त फ्ल्याटको सामान हटाउन त्यहाँ पुग्दा राकेश सिंह र उनका छोरा शिवम अनि छोरी सिमरनले कथित रूपमा उनीमाथि हमला गरे।
फ्ल्याटका मालिक चन्दू खानले आरोप लगाए, भाजपा नेता अनि उनका छोरा-छोरीले उनलाई बन्दुकको बट तथा चक्कुले प्रहार गरे। यसमा घटनामा घाइते भएको कारणले उनलाई अस्पतालमा भर्ती हुनु परेको छ। हमलामा पीड़ितका छोरा सप्तर्षिखान र रजर्षि खान पनि घाइते भए।
रजर्षि खानले बताए, राकेश सिंहको चौथो तलामा फ्ल्याट छ, तर उनले बलजफ्ती हाम्रो तेस्रो तलाको फ्ल्याटलाई कब्जा गरेका छन्। मैले बारम्बार उनलाई सामान हटाउनको लागि आग्रह गरेँ, तर उनले हटाएनन्। आज हामीले श्रमिकहरूलाई खटाएर सामान तल झारिरहेका थियौं, अचानकक 8-9 जना मानिसहरूले आएर मेरो पिता र भाइलाई बन्दुकको बटले प्रहार गरे। मेरो पितालाई अस्पतालमा भर्ती गर्नु परेको छ। उनले ममाथि पनि चक्कुले प्रहार गरे।
कोलकाता पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, भाजपा नेता राकेश सिंह र उनका छोरा शिवम अनि छोरी सिमरन सिंहलाई पक्राउ गरिएको छ। उनीहरूविरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।
स्मरण गराइन्छ, यसपूर्व गत 3 सेप्टेम्बरमा कोलकाता पुलिसले राकेश सिंहलाई पश्चिम बंगाल प्रदेश कंग्रेस समितिको मुख्यालयमा तोड़फोड़ गरेको आरोपमा पक्राउ गरेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा