
गुवाहाटी, 28 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार बीर लाचित सेनाविरूद्ध भइरहेको पुलिस कारबाहीमाथि प्रतिक्रिया व्यक्त गर्दै भने, यस संगठनका सदस्यहरूले ‘असम’-को उपाधि लगाएर राज्यभरि नै उत्पात मचाइरहेका छन्।
मुख्यमन्त्रीले भने, बीर लाचित सेनाका सदस्यहरूले सादियादेखि धुबड़ीसम्म चन्दा संकलन गरिरहेका छन् साथै केही संदिग्ध व्यक्तिहरूले ‘असम’-को उपाधि लगाएर विभिन्न अवैध गतिविधिहरूमा लिप्त रहँदै आएका छन्। उनले भने, “सरकारले यस संगठनविरूद्ध कड़ा कदम उठाउनेछ। बीर लाचिस सेनासित जोड़िएका सबै मामिलाहरूको जाँच गरिनेछ।।”
उनले बताए, यस सम्बन्धमा सबै जिल्लाका पुलिस अधीक्षकहरूलाई आवश्यक निर्देश जारी गरिएको छ।
उल्लेखनीय छ, हालैमा एकजना व्यवसायीलाई अपहरण गरेर पैसा मागेको आरोपमा बीर लाचित सेनाका पाँचजना सदस्यहरूलाई पक्राउ गरिएको थियो। त्यसपछि संगठनका नेता रंटु पानीफुकनले गुवाहाटीको एक होटलमा प्रेस कन्फ्रेन्स आयोजना गरेका थिए, तर कन्फ्रेन्सको बीचमै पुलिसले तिनलाई हिरासतमा लियो।
सूत्र अनुसार अपहरण मामिलामा रंटू पानीफुकनको संलिप्तता पाइएको छ भने संगठनका मुख्य सचिवलाई पनि पक्राउ गरिएको छ।
यता संगठनका प्रशासनिक सचिव श्रृङ्खला चालिहाले पक्राउको विरोध गर्दै भने, उनी बिमार शरीर भए पनि सड़कमा उत्रिनेछन्। उनले चेताउनी दिए, बीर लाचित सेाले राज्यभरि नै सरकारको यस फसेलाक विरोधमा प्रदर्शन गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा