
कोलकाता, 28 अक्टोबर (हि. स.)। लोक आस्थाका चार दिवसीय महापर्व छठको समापन मंगलवार बिहान उदीयमान सूर्यलाई अर्घ्य दिएपछि श्रद्धा,भक्ति एवं उल्लासपूर्ण परिवेशमा सम्पन्न भयो। कोलकाता सहित सम्पूर्ण पश्चिम बंगालका गंगा घाटहरूमा लाखौं श्रद्धालु महिला अनि पुरूषहरूले पारम्परिक विधि-विधानपूर्वक नदी, तलाउ एवं जलाशयहरूमा उभिएर सूर्य देवलाई अर्घ्य अर्पण गरे।
बिहानको पहिलो किरणसितै श्रद्धालुहरूले ‘छठी मैया’ र सूर्य देवको आराधना गरे। रंग-बिरंग परिधानहरूमा सजिएका महिलाहरूको नामकदेखि सिउँदोसम्म सिन्दुरको रेखा, हातमा डालीमा सजाइएका फलहरू जस्तै केरा, सेव, नरिवल, नाशपति, नारंगी आदिले आस्था अनि विश्वासको अद्भुत दृश्य प्रस्तुत गरिरहेको थियो। घाटहरूमा ‘जय छठी मैया’ र ‘सूर्य देव की जय’ जस्ता जय-जयकारले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको थियो।
राज्यभरि नै यस अवसरमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको थियो। कोलकाता पुलिसले घाटहरूदेखि लिएर मुख्य सड़कसम्म अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको थियो। नगरनिगमले घाटहरूको सर-सफाई, बिजुली-बत्तीको, पिउने, पानी माइकिंगको विशेष प्रबन्ध गरेको थियो। नदीमा रिभर पेट्रोलिंग टीमहरूको लगातार गस्तीबाट सुरक्षा व्यवस्था उत्कृष्ट रह्यो
मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार साँझ डुब्दै गरेको घामलाई जल अर्पण गर्ने समयमा कोलकाताको गंगा घाटमा पुगेर श्रद्धालुहरूसित भेट गरेकी थिइन्। उनले राज्यवासीहरूलाई छठ पर्व्को शुभकामना दिएकी थिइन्। उनले शान्तिपूर्ण अनि सौहार्दपूर्ण ढंगमा पर्वको आयोजन गरेकोमा प्रशासनको सराहना गरिन्।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा