छठ पूजाको अन्तिम दिन ‘उषा अर्घ्य’ नयाँ ऊर्जा र समृद्धिको प्रतीक होः मुख्यमन्त्री
छठ पूजाको अन्तिम दिन ‘उषा अर्घ्य’ नयाँ ऊर्जा र समृद्धिको प्रतीक होः मुख्यमन्त्री


गुवाहाटी, 28 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमले छठ महापर्वको अन्तिम दिन आज ‘उषा अर्घ्य’- को अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्। उनले भने, छठ पूजाको यस पावन अवसर नयाँ आशा, ऊर्जा अनि समृद्धिको प्रतीक हो।

मन्ख्यमन्त्रीले आफ्नो सन्देशमा भने, मंगलवार व्रतालुहरूले सूर्योदयपूर्व घाटहरूमा पुगेर उदीमान सूर्यलाई अर्घ्य दिएपछि आफ्नो कठित व्रतलाई समापन गरे। उनले भने, छठी मइया र सूर्य देवतासित प्रार्थना छ, उनीहरूले सबै श्रद्धालु तथा परिवारको जीवनमा सुख, शान्ति एवं समृद्धि सञ्चार गरिदिउन्।

डा. सरमाले भने, छठ पूजा भारतीय संस्कृति अनि आस्थाको अनौठो पर्व हो जुन अनुशासन, पवित्रता औ पर्यावरणप्रति सम्मानको प्रतीक पनि हो। उनले राज्यका सबै श्रद्धालुहरूसित आग्रह गरे, उनीहरूले यस अवसरमा स्वच्छता एवं सद्भावको सन्देश फैलाउन्। मुख्यमन्त्रीले विश्वास व्यक्त गरे, छठ महापर्वको पावन ऊर्जाले असममा सौहार्द अनि सकारात्मकताको वातावरणलाई कायम राख्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande