तट तर्फ अझ द्रूत गतिमा बढ़िरहेको छ चक्रवात ‘मान्था’, पश्चिम बंगालमा वर्षा हुने चेताउनी
तट तर्फ अझ द्रूत गतिमा बढ़िरहेको छ चक्रवात ‘मान्था’, पश्चिम बंगालमा वर्षा हुने चेताउनी


कोलकाता, 28 अक्टोबर (हि.स.)। आन्ध्र प्रदेशको तट तर्फ बढ़िरहेको चक्रवात ‘मान्था’ अब झन् बढ़ी शक्तिशाली भएको छ। मौसम विभाग अनुसार सोमवार रातीसम्म ‘मान्था’ काकीनाडा (आन्ध्र प्रदेश)-देखि लगभग 430 किलोमीटर टाड़ा थियो। मंगलवार बिहान 7 बजेसम्म प्राप्त ताजा अपडेट अनुसार भारतीय समयानुसार भोर बिहान 5:30 बजी‘मान्था’-ले “सिवियर साइक्लोन”- को रूप लियो।

बिहानसम्म ‘मान्था’ काकीनाडादेखि लगभग 315 किलोमीटर, मछलीपट्टनमदेखि 245 किलोमीटर र विशाखापत्तनमदेखि 385 किलोमीटर टाड़ा थियो। पछिल्लो 6 घण्टामा तूफानको गति थोरै घटेको छ। अब यो 18 किलोमीटर प्रतिघण्टादेखि घटेर 15 किलोमीटर प्रतिघण्टाको गतिले अगाड़ि बढ़िरहेको छ। समुद्रबाट भारी मात्रामा जलवाष्प चुसेपछि आज साँझपछि यो तटमा ठोक्किने सम्भावना छ। विशेषज्ञहरूको अनुमान छ, यसको दिशा परिवर्तन हुने सम्भावना घेरै कम छ।

मौसम विभाग अनुसार ‘मान्था’- को ल्याण्डफल आन्ध्र प्रदेशको मछलीपट्टनम र कलिंगपट्टनमबीच कतै हुने सम्भावना छ। त्यसैले तटीय क्षेत्रहरूमा प्रशासनलाई हाई अलर्टमा राखिएको छ।

चक्रवातको प्रभावले समुद्रमा ठूलो उथुल-पुथुल रहनेछ। पश्चिम बंगाल, ओडिशा र आन्ध्र प्रदेशका मछुआराहरूलाई आगामी 30 अक्टोबर बिहीवार साँझसम्ममा समुद्रमा नजाने कड़ा चेताउनी दिइएको छ।

‘मान्था’- को प्रभावले दक्षिण बंगालका धेरैवटा जिल्लाहरूमा घना वर्षा हुने सम्भावना छ। 28-देखि 31 अक्टोबरसम्म कोलकाता, उत्तर र दक्षिण 24 परगना, पूर्व अनि पश्चिम मेदिनीपुर, झारग्राम, पुरूलिया, पूर्व र पश्चिम बर्दवान, बीरभूम तथा मुर्शिदाबादमा मेघ गर्जनसितै वर्षा हुनसक्छ। यस अवधि हावाको गति 30-40 किलोमीटर प्रतिघण्टासम्म रहनसक्छ।

आगामी शुक्रवार साँझदेखि कोलकाता सहित दक्षिण बंगालको आकाश सफा हुन शुरू हुनेछ। तर हावामा नमी घट्न अझै समय लाग्नेछ। जति-जति हावाबाट जलवाष्प कम हुन्छ, त्यति-त्यति नै शरद ऋतुको चिसो अनुभूत हुनेछ।

उत्तर बंगालमा पनि ‘मान्था’-को प्रभाव देख्न पाइनेछ। मौसम विभागले 29देखि 31 अक्टोबरसम्म उत्तर बंगालका सबै जिल्लाहरूमा भारीदेखि अति भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। 30अक्टोबरमा मालदह, उत्तर औ दक्षिण दिनाजपुर, दार्जीलिङ, कालेबुङ र जलपाईगुड़ीमा भारी वर्षा हुनसक्छ भने 31 अक्टोबरमा दार्जीलिङ,कालेबुङ, अलिपुरद्वार, कुचबिहार र जलपाईगुड़ीमा अति भारी वर्षा हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande