
मुर्शिदाबाद, 28 अक्टोबर (हि.स.)। जिल्लाको सालार थाना अन्तर्गत लाइब्रेरीपाड़ा क्षेत्रमा मंगलवार बिहान एकजना व्यक्तिको मृत्यु भएको समाचारले कोकोहोलो मचायो। सामान्य झगड़ा उक्त व्यक्तिको मृत्यु कारण रहेको बताइएको छ।
पुलिस सूत्र अनुसार मृतकको नाम फिरोज़ शेख (42) हो। स्थानीय मानिसहरूको भनाइ छ, उनी मानसिक रूपमा अस्वस्थ थिए। सालार थानाको पुलिसले यस मामिलामा एकजना व्यक्तिलाई जाँचबुझ गर्नको लागि हिरासतमा लिएको छ।
पुलिस अधिकारीले बताए, यदि मृतकको परिवारले कुनै लिखित सिकायत दर्ता गराए उचित धाराहरू अन्तर्गत मामिला दर्ता गरिनेछ। हाल शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।
स्थानीय सूत्र मुताविक फिरोज़ले सदैव नै स्थानीय पसलहरूमा खानेकुराहरू मागेर खाने गर्दथे। मंगलवार बिहान पनि तिनले बाबलू मियाँ नामक व्यक्तिको चिया पसलमा गएर चिया मागे। कुनै कारणवश पसलेले तिनलाई चिया दिन अस्वीकार गरिदियो। यसबाट रिसाेर फिरोजले पसलेलाई गाली गऱ्यो अनि सड़कबाट एउटा लौरो ल्याएर प्रहार गर्न उतिर आए।
प्रत्यक्षदर्शीहरू अनुसार रिसाएको पसलेले पनि झाड़ु उठाएर फिरोजलाई कुट्यो अनि त्यहाँबाट लखेट्यो। डरले फिरोज भाग्न थाल्यो, तर लगभग 50 मीटर दौड़िएपछि तिनी सड़कमा लड़े जसले गर्दा तिनको शरीरका विभिन्न भागमा चोट लाग्यो। सम्भवतः यसै अवधि हृदयाघात भएर तिनको घटनास्थलमै मृत्यु भयो। केही समयपछि स्थानीय मानिसहरूले फिरोजलाई सड़कमा लड़िरहेको देखेर सालार थाना पुलिसलाई सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्न पठाइदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा