मुख्यमन्त्री रेखा गुप्ताले हातीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिइन्, दिल्लीवासीहरूको सुख–समृद्धिका लागि छठ मइयासँग गरिन् प्रार्थना
Rekha Gupta-chhath puja


नयाँ दिल्ली, २८ अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलबार आईटीओस्थित हातीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिइन्। यस अवसरमा दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसा र लक्ष्मीनगरका विधायक पनि उपस्थित थिए।

मुख्यमन्त्रीले दिल्लीका दुई करोड पचास लाख जनताका लागि छठ मइयासँग सुख–समृद्धिको कामना गरिन्। उनले त्यहाँ उपस्थित छठ व्रतधारी महिलाहरूलाई सम्बोधन गर्दै भनिन्, यसपटक श्रद्धालुहरूलाई यमुना किनारका घाटहरूमा पूजा गर्ने अवसर प्राप्त भएको छ। पहिले बाध्यतावश विभिन्न ठाउँमा छठ मइयाको पूजा गर्नुपर्थ्यो। यस वर्ष दिल्ली सरकारले १७ मोडेल घाटसँगै १३०० भन्दा बढी घाटहरूमा सबै आवश्यक व्यवस्था उपलब्ध गराएको छ।

मुख्यमन्त्रीले भनिन्, यसपालि दिल्ली पूरै छठमय भएको छ। देशभर दिल्लीको छठको चर्चा भइरहेको छ। उनले भनिन्, “छठ पूजाको प्रातः अर्घ्य हामीलाई सम्झाउँछ कि प्रत्येक नयाँ दिन नयाँ सुरुवातको अवसर ल्याउँछ। सूर्यदेवलाई अर्पण गरिएको यो अर्घ्य जीवनमा ऊर्जा भर्ने, विश्वास जगाउने र अनुशासनको प्रेरणा दिने प्रतीक हो।”

मुख्यमन्त्रीले भनिन्, आज छठ पूजाको पावन अवसरमा दिल्लीकी यमुना पनि त्यहीँ दिव्य ऊर्जाले आलोकित भइरहेको छ। उनले विकसित भारतसँगै विकसित दिल्लीको सपना पनि पुरा हुनेछ विश्वास व्यक्त गरिन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande