आईडआई एयरपोर्टको टर्मिनल-3 मा एयर इण्डियाको बसमा आगलागी
आईडआई एयरपोर्टको टर्मिनल-3 मा एयर इण्डियाको बसमा आगलागी


नयाँ दिल्ली, 28 अक्टोबर (हि.स.)। आईजीआई एयरपोर्टको टर्मिनल-3 मा मंगलवार अपरान्ह लगभग 1 बजे एयर इण्डियाको एउटा बसमा अचानक आगो लाग्यो। सूचना पाउनसाथ स्थानीय पुलिस, सीआईएसएफ तथा दमकल विभागका टीमहरू घटनास्थलमा पुगे अनि आगोलाई नियन्त्रण गरे।

आईजीआई पुलिस उपायुक्त विचित्र वीरले बताए, आगलागी हुँदा बसमा कुनै पनि यात्री वा सामान थिएन। चालक मात्र बसमा थिए। राहतको कुरा के छ भने यस घटनामा कुनै प्रकारको मानव क्षति भएको सूचना छैन। हाल बसको जाँच गरिँदैछ ताकि आगलागीको कारण पत्तो लगाउन सकियोस्।

यता दिल्ली एयरपोर्ट अथोरिटीले बतायो, एक ग्राउण्ड ह्याण्डलद्वारा संचालित बसमा आज अपरान्ह आगो लाग्यो। ग्राउण्डमा उपस्थित हाम्रो टीमले तत्कालै कारबाही गरेर केही मिनटभित्रै आगोलाई निभायो। घटना घट्दा बस बिसाएको थियो र पूर्ण रूपले खाली पनि थियो। अब सबै परिचालन सामान्य रूपमा जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande