
मुम्बई, 28 अक्टूबर (हि.स.)। महाराष्ट्र आतङ्कवाद निरोधी दल (एटीएस)-ले पुणेको कोंढवा क्षेत्रबाट जुबेर हंगरगेकर नामक एकजना व्यक्तिलाई कट्टरपन्थी गतिविधिहरूमा कथित संलिप्तता अनि प्रतिबन्धित आतंकवादी संगठन अल-क़ायदासित सम्बन्ध राखेको आरोपमा पक्राउ गरेको छ। न्यायालयले उसलाई 4 नोभेम्बरसम्म एटीएस कस्टडीमा पठाइदिएको छ। उसित गहन जाँचबुझ भइरहेको छ।
यस मामिलाको अनुसन्धान गरिरहेका एटीएसका एकजना अधिकारीले मंगलवार बताए, गोपनीय जानकारीको आधारमा सोमवार उनको टीमले पुणेको कोंढ़वाबाट जुबेर हंगरगेकरको घरको खानतलासी गऱ्यो। यस अवधि कट्टरपन्थको लागि उक्साउने सामग्री तथा अन्य आपत्तिजनक दस्तावेजहरू भेटिएको छ। आरोपीलाई पक्राउ गरी अदालतमा पेश गरियो। अदालतले उसलाई आगामी 4 नोभेम्बरसम्मको लागि एटीएसको कस्टडीमा राख्ने अनुमति दिएको छ।
उल्लेखनीय छ, यो पक्राउ पुणेमा एटीएसद्वारा गरिएको पछिल्लो खोजी अभियानसित जोड़िएको छ। गत 9 अक्टोबरमा एटीएसले आतंकवादी गतिविधिसित सम्बन्धित एक मामिलामा शहरका विभिन्न स्थानमा खोजी अभियान संचालन गरेको थियो। यस अवधि केही इलेक्ट्रनिक उपकरण, दस्तावेज़ र साहित्य जफत गरिएको थियो। उक्त कारबाहीपछि एटीएसलाई हंगरगेकरको कथित संलिप्तताको बारेमा थाहा लागेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा