छठ अवधि नदीमा डुबेर व्यक्तिको मृत्यु
छठ अवधि नदीमा डुबेर व्यक्तिको मृत्यु


गुवाहाटी, 28 अक्टोबर (हि.स.)। गुवाहाटीको लाचित घाटबाट मंगलवार बिहान एउटा शव भेटिएको छ। पुलिसले बतायो, गुवाहाटीको लाचित घाटमा छठ पूजाको लागि व्यवस्था गर्ने क्रममा सम्भवतः एक जना व्यक्तिको ब्रह्मपुत्रमा डुबेर मृत्यु भयो।

घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले मृत व्यक्तिको शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो। मृतक छठ पूजाको लागि लाचित घाटमा पुगेका थिए। यो समाचार लेखुञ्जेलसम्म मृतकको पहिचान हुन सकेको थिएन।

पुलिसले पहिचान खोलाउनको लागि शवलाई गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटलको शव गृहमा 72 घण्टाको लागि राख्नेछ। यस सम्बन्धमा पुलिसले एक प्राथमिकी दर्ता गरी शवको पहिचान खोलाउन जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande