
पश्चिम बर्दवान, 28 अक्टोबर (हि.स.)। आसनसोलको जामुरिया थाना अन्तर्गत सात नम्बर वार्डस्थित दामोदरपुर क्षेत्रमा छठ पूजाको अवसरमा मंगलवार आफ्नो परिवारसित पोखरीमा स्थान गर्न गएका एकजना मानिसको डुबेर मृत्यु भयो।
स्थानीय सूत्र अनुसार मृतकको नाम पाण्डे दास हो जो जामुरिया अन्तर्गत पाँच नम्बर वार्डको हुसैन नगर निवासी थिए। मंगलवार बिहान तिनी सपरिवार निगढ़िया पोखरीमा छठ पूजा गर्न गएका थिए। पूजा गर्ने क्रममा स्नान गर्दा अचानक उनी गहिरो पानीमा डुबे।
घटनाको जानकारी पाएर स्थानीय मानिसहरू अनि आपदा प्रबन्धन दलले तुरून्तै घटनास्थलमा पुगेर तिनलाई खेज्न शुरू गरे। लामो प्रयासपछि पाण्डे दासको शवलाई पोखरीबाट निकालियो।
पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि आसनसोल जिल्ला अस्पतालमा पठाइदियो।
स्थानीय मानिसरूले प्रशासनमाथि लापरवाही गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइ छ, प्रत्येक वर्ष छठ पूजामा पोखरी अनि घाटहरूको सर-सफाई गरिन्छ, तर पोखरीको गहिराई घटाउन र सुरक्षा उपायको निम्ति कुनै व्यवस्था गरिँदैन। मानिसहरू भन्छन्, सुरक्षाको अभावमा यस किसिमको घटनाहरू घट्ने गर्दछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा