चक्कुले प्रहार गरी युवकको हत्या, मामिला दर्ता
चक्कुले प्रहार गरी युवकको हत्या, मामिला दर्ता


नयाँ दिल्ली, 28 अक्टोबर (हि.स.)। शाहदरा जिल्लाको सीमापुरी क्षेत्रमा गए सोमवार अबेर राती झगड़ा भइरहेको समय एकजना युवकको चक्कुले प्रहार गरी हत्या गरिदियो। जाँचमा मृतकको पहिचान अकबर अली मिर्जाको रूपमा भएको छ। पुलिसले यस मामिलामा दुईजना आरोपीहरूलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ।

शाहदरा जिल्लाका पुलिस उपायुक्त प्रशान्त गाैतमले मंगलवार बताए, गए सोमवार राती लगभग 11:56 बजे सीमापुरी थाना पुलिसलाई पीसीआर कलको माध्यमबाट झगड़ा भएको सूचना प्राप्त भयो। सूचना पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसलाई सिकायतकर्ता फरीन जो मृतक अकबर अलीकी पत्नी हुन्,-ले बताइन्, टोलकै युवक मुस्लिम (18)-ले उमाथि अशोभनीय टिप्पणी गरिरहेको थियो। यसको विरोध गर्दा युवकले गाली गर्दै उमाथि कुटपिट गऱ्यो।

यसै अवधि उसको पति अकबर अली बीचमा बचाउन आइपुग्यो। त्यसपछि मुस्लिमको मामा पनि त्यहाँ आइपुग्यो अनि दुवैले मिलेर अकबर अलीमाथि चक्कुले प्रहार गरे। अकबर अलीलाई गम्भीर चोट लाग्यो जसलाई अस्पतालमा पुऱ्याउंँदा डाक्टरहरूले मृत घोषित गरिदिए।

जाँचमा थाहा लाग्यो, मृतक अकबर अली सीमापुरी थानाको बीसी थियो। हाल क्राइम ब्राञ्च र एफएसएलको टमले घटनास्थलको निरीक्षण गरिसकेको छ। छेड़छाड़ अनि हत्या अन्तर्गत मामिला दर्ता गरिएको छ। अग्रिम जारी जारी छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande