मौजपुर–मजलिस पार्क करिडोरलाई प्रतिष्ठित आईसीआई अवार्ड- 2025, दिल्ली मेट्रोको ठूलो उपलब्धि
मौजपुर–मजलिस पार्क करिडोरलाई प्रतिष्ठित आईसीआई अवार्ड- 2025, दिल्ली मेट्रोको ठूलो उपलब्धि


नयाँ दिल्ली, 28 अक्टोबर (हि.स.)। दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)-ले फेरि अर्को ठूलो उपलब्धिलाई आफ्नो झोलीमा पारेको छ। भारतीय कंक्रीट संस्थान आईसीआई) चेन्नईद्वारा आयोजित आईसीआई अवार्ड्स- 2025 मा डीएमआरसीलाई “आउटस्ट्याण्डिंग प्री-स्ट्रेस्ड कंक्रीट स्ट्रक्चर इन द कन्ट्री अवार्ड” श्रेणीमा सम्मानित गरिएको छ।

यो सम्मान दिल्ली मेट्रोको मौजपुर–मजलिस पार्क करिडोरलाई दिइएको हो जुन मेट्रो फेज-4 विस्तार परियोजनाको महत्वपूर्ण भाग हो। यो करिडोर वर्तमान पिंक लइनको विस्तार हो जुन पूरा भएपछि यो देशको पहिलो सर्कुलर रिंग मेट्रो लाइन बन्नेछ। यसबाट राजधानी दिल्लीमा आवागमन झन सुगम हुनेछ भने शहरी कनेक्टिभिटीले नयाँ दिशा पाउनेछ।

डीएमआरसीका प्रवक्ता अनुज दयाल अनुसार डीएमआरसीलाई यो पुरस्कार आगामी दिसम्बर, 2025-मा हैदराबादमा आयोजना हुने एसीकन सम्मेलनमा औपचारिक रूपमा प्रदान गरिनेछ। दयालले यस सम्मानप्रति खुशी व्यक्त गर्दै भने, यो दिल्ली मेट्रोको तकनिकी उत्कृष्टता तथा टीमको प्रतिबद्धताको प्रतीक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande