शरद पावरको अध्यक्षतामा रहेको वसन्तदादा चीनी संस्थानको जाँच गर्न समिति गठित
शरद पावरको अध्यक्षतामा रहेको वसन्तदादा चीनी संस्थानको जाँच गर्न समिति गठित


मुम्बई, 28 अक्टोबर (हि.स.)। मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलवार राष्ट्रवादी कंग्रेस पार्टी (एसपी)- का अध्यक्ष शरद पवारको अध्यक्षतामा रहेको वसन्तदादा चीनी संस्थानको जाँच गर्नको लागि समिति गठन गर्ने आदेश दिएका छन्।यो समितिले चीनी संस्थानलाई राज्य सरकारबाट प्राप्त हुने सब्सिडीको प्रयोगलाई लिएर जाँच गरी दुई महिनाभित्रमा सरकारलाई रिपोर्ट सुम्पिनेछ।

मुख्यमन्त्री कार्यालय अनुसार मुम्बईको सह्याद्रि अतिथिगृहमा केही दिनअघि मुख्यमन्त्रीको अध्यक्षतामा सम्पन्न क्याबिनेट उपसमितिको बैठकमा मन्त्र राधाकृष्ण विखे पाटिलले वसन्तदादा चीनी संस्थानलाई दिइने सरकारी अनुदान तथा राज्यका किसानहरूको उखुको बिलबाट संस्थानले प्रतिटन एक रुपियाँ लिएको मुद्दा उठाएका थिए। यसलाई मध्यनजर गर्दै आज मुख्यमन्त्री देवेन्द्र फडणवीसले वसन्तदादा चीनी संस्थानको सम्बन्धमा प्राप्त सिकायतहरूको जाँच गर्नको लागि चीनी आयुक्तको अध्यक्षतामा एउटा समिति गठन गर्ने आदेश दिएका छन्। यो समितिले वर्ष 2009-देखि अहिलेसम्मको वसन्तदादा चीनी संस्थानको वित्तीय लेनदेनको जाँच गर्नेछ। शरद पवारको अध्यक्षतामा गठित उक्त संस्थानको प्रतिनिधि मण्डलमा अजित पवार, जयन्त पाटिल, हर्षवर्धन पाटिल, जयप्रकाश दांडेगांवकर जस्ता नेताहरू सामेल छन्।

राजस्व मन्त्री चन्द्रशेखर बावनकुले र किसान नेता राजू शेट्टीले मुख्यमन्त्रीको यस निर्णयलाई स्वागत गरेका छन्। बावनकुलेले भने, मुख्यमन्त्रीले अनायासै कुनै पनि सिकायतको जाँच गर्ने आदेश दिँदैनन्। जाँच जे हुन्छ त्यो सबै सामु छर्लङ्ग हुनेछ। त्यसैले यो जाँचबाट कोही पनि डराउने आवश्यकता छैन।

अर्कोतिर राकंपा एसपीका विधायक रोहित पवारले भने, कुनै विशेष उदेश्यले वसन्तदाता चीनी संस्थानको जाँच गराइँदैछ। यस जाँचबाट मुख्यमन्त्रीलाई केही पनि हासिल हुनेवालै छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande