
कोलकाता, 28 अक्तोबर (हि.स.)। पश्चिम बंगालको खड़दह नजिक पानीहाटीको महाज्योति नगर निवासी प्रदीव करले गए समोवार आफ्नै घरमा फाँसी लगाएर आत्महत्या गरे। मंगलवार बिहान परिवारका सदस्यहरूले उनको शवलाई देखे। नजिकमा एउटा डायरी पनि थियो जसमा लेखिएको थियो, एनआरसी मेरो मृत्युको निम्ति जिम्मेवार छ। सूचना पाएर घटनास्थलमा पुगेको खड़दह पुलिसले शवलाई पोस्टमर्टम गर्नको पठाइदियो। पछि राज्यकी मन्त्री चन्द्रिमा भट्टचार्यले मृतकको परिवारसित भेट गरिन्।
यस सम्बन्धमा मंगलवार मुख्यमन्त्री ममता ब्यनर्जीले केन्द्र सरकारमाथि तीव्र प्रहारर गर्दै आरोप लगाइन्, राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)-को डर अनि विभाजनकारी राजनीतिले एकजना मानिसको ज्यान लियो। मुख्यमन्त्रले आफ्नो सोशल मीडिा एक्समा लेखिन्, खड़दह नजिक पानीहाटीको महाज्योति नगर निवासी 57 वर्षीय प्रदीप करले आत्महत्या गरे। उनले एउटा नोट छोड़ेका छन् जसमा स्पष्ट रूपमा लेखेका छन्, उनको मृत्युको लागि एनआरसी जिम्मेवार छ।
ममता ब्यनर्जीले भारतीय जनता पार्टी (भाजपा)-माथि भय र विभाजनको राजनीति फैलाएको आरोप लगाउँदै भने, वर्षौंदेखिको भाजपाले एनआरसीको नाममा झुटो फैलाएर अनि डरको परिवेश सृजना गरेर निर्दोष नागरिकहरूलाई उत्पीड़ित गर्दै आइरहेको छ। उनले भनिन्, जब म भाजपाले यसरी झुट र भय फैलाएर आम नागरिकहरूलाई मानसिक रूपमा प्रताड़ित गरिरहेको कुरा सोच्छु तब मेरो हृदय काँप्छ। यो मृत्यु भाजपाको विषालु राजीतिको परिणाम हो।
मुख्यमन्त्रीले भनिन्, दिल्लीमा बसेका कतिपय मानिसहरूले भारतीय नागरिकहरूलाई यस्तो गहिरो निराशामा धकेलिरहेका छन् कि उनीहरू आफ्नै भूमिमा विदेशी घोषित हुने डरले आत्महत्या गर्न बाध्य भइरहेका छन्। म केन्द्र सरकारसित अनुरोध गर्दछु कि यो हृदयहीन खेललाई तुरून्त बन्द गरियोस्। हामी कसैलाई पनि यहाँका मानिसहरूको गरिमासित खेलवाड़ गर्न दिनेछैनौं। केन्द्रलाई खुल्ला चुनौती दिँदै उनले भनिन्, बंगालले प्रतिरोध गर्नेछ, बंगाल रक्षकको भूमिका निभाउनेछ तथा अन्ततः बंगालकै विजय हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा