सुन-चाँदीको गहना पसलमा चोरी
सुन-चाँदीको गहना पसलमा चोरी


मुर्शिदाबाद, 28 अक्टोबर (हि. स.)। ज़िल्लाको शमशेरगञ्ज थाना अन्तर्गत बसुदेवपुर बजार क्षेत्रमा गए सोमवार राती भएको चोरी घटनाले कोकोहोलो मचियो।

प्राप्त जानकारी अनुसार एक आभूषण पसलको शटर काटेर चोरहरूले लाखौं रुपियाँको सुन र चाँदीका गहनाहरू चोरेर भागे। मंगलवार बिहान घटना बारे थाहा लागेपछि सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलियो। पसले अनि स्थानीय मानिसहरूले तुरून्तै पुलिसलाई सूचना दिए।

खबर पाएर शमशेरगञ्ज थानाबाट आएको पुलिसले घटनास्थलमा पुगेर जाँच गऱ्यो। स्थानीय सूत्र अनुसार बजारमा राती दुईजना नाइट गार्ड रहन्छन्, तर पनि यति ठूलो चोरी कसरी भयो? पुलिस अनुसार पसलको शटर जसरी काटिएको छ, त्यसबाट स्पष्ट हुन्छ कि यस घटनामा धेरैजना अपराधीहरू सामेल थिए र उनीहरूसित धारिलो हतियार अनि औजारहरू पनि थिए।

घटनास्थल वरपरका सीसीटीभी क्यामराको फुटेजमा केही संदिग्ध देखिएको छ जसमा केही मानिसहरूलाई पसलभित्र प्रवेश गर्दै गरेको देखिएको छ। हाल जंगीपुर जिल्ला पुलिसले मामिलाको जाँच शुरू गरेको छ साथै अपराधीहरूलाई चिन्हित गरी पक्राउ गर्ने प्रयास पनि जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande