
मोरीगाउँ (असम), 28 अक्टोबर (हि.स.)। मोरीगाउँ जिल्लाको जागीरोड क्षेत्रमा आज भोर बिहान भएको भयानक सड़क दुर्घटनामा तीन जना मानिसहरूको मृत्यु भयो भने दुई जना गम्भीर रूपमा घाइते भए।
पुलिसले मंगलवार बतायो, आज भोर बिहान जागीरोडको सिलचांग क्षेत्रमा भएको भयानक सड़क दुर्घटनामा एक जना डाक्टर सहित तीन जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान डा. कन्टेश्वर बोरदोलोई, मानस महन्त र आसिक हुसैनको रुपमा गरिएको छ। घाइतेहरूलाई गम्भीर अवस्थामा नगाउँ जिल्ला अस्पतालमा भर्ती गरिएको छ।
यो दुर्घटना सिलचांगस्थित राष्ट्रिय राजमार्ग-27 मा भएको हो जतिबेला एउटा द्रूत गतिको कार (एएस-01ईडब्लू-6546) डिभाइडरसित ठोक्किएर पूर्ण रूपमा क्षतिग्रस्त भयो। दुर्घटनाको भयावहता यसबाट अनुमान लगाउन सकिन्छ कि तीन जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो अनि दुई जना गम्भीर रूपमा घाइते भए।
घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेर पुलिसको टमले तीनै शवलाई आफ्नो कब्जामा लियो अनि पोस्टमार्टम गर्नको लागि अस्पतालमा पठाइदियो। सड़क दुर्घटनामा मारिएका डाक्टर कन्टेश्वर बोरदोलाई मोरीगाउँ सिभिल अस्पतालका चिकित्सक थिए। प्राथमिकी दर्ता गरी अग्रिम जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा