
बीरभूम, 28 अक्टोबर (हि.स.)। बीरभूम जिल्लामा दुईजना जनजातीय युवतीहरूसित अश्लीलता, अभद्र प्रस्ताव राखेको तथा जातिसूचक गाली दिएको आरोपमा पुलिसले तृणमूल कंग्रेसका ब्लक स्तरीय नेताको छोरालाई पक्राउ गरेिएको छ। मंगलवार बिहान पुलिसले आरोपीलाई पक्राउ गऱ्यो।
जानकारी अनुसार यो घटना गत शुक्रवार साँझ भएको हो। भनिन्छ, दुलै जनजातीय युवतीहरू कोचिंग सेन्टरबाट साइकल मार्फत घर फर्किरहेका थिए,अचानक बाटोमा बाइक सवार तीनजना युवकहरूले उनीहरूको बाटो छेके। आरोप छ, तीनमध्ये एकजना युवक तृणमूल नेताको छोरा हो। पीड़ित युवतीद्वयमध्ये एकजनाको परिवारको सिकायतमा पुलिसले एकजना आरोपीलाई पक्राउ गरेको थियो। अब दोस्रो आरोपीलाई पनि पुलिसले समातेको छ। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा