बर्धमान मेडिकल कलेजमा रोगीकी छोरीसित अश्लील व्यवहार गरेको आरोपमा वार्ड ब्वोई पक्राउ
बर्धमान मेडिकल कलेजमा रोगीकी छोरीसित अश्लील व्यवहार गरेको आरोपमा वार्ड ब्वोई पक्राउ


कोलकाता, अक्टोबर 28 (हि.स.)। पश्चिम बंगालको बर्धमान मेडिकल कलेज एवं अस्पतालमा एकजना वार्ड ब्वोईलाई रोगीकी छोरीसित अश्लील व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ। पुलिसले मंगलवार यस घटनाको पुष्टि गरेको छ।

राज्यका सरकारी अस्पतालहरूमा हिजोआज डाक्टर अनि नर्सहरूमाथि हुने हमलाका घटनाहरूपछि यो मामिला सामु आएको छ जसले एकपटक फेरि अस्पताल परिसरमा रोगी अनि चिकित्साकर्मीहरूको सुरक्षामाथि प्रश्न उठाएको छ।

पुलिस अनुसार यो घटना गत आइतवार अपरान्ह भएको हो। आरोपी वार्ड ब्वोईलाई गए सोमवार राती बर्धमान महिला थानाको पुलिसले पक्राउ गऱ्यो। उसलाई जिल्ला अदालतमा पेश गरिएको छ जहाँबाट दुई दिनको पुलिस हिरासतमा पठाएको छ।

अस्पताल सूत्र मुताविक एकजना आदिवासी महिला बितेका केही दिनदेखिको बर्धमान मेडिकल कलेजमा उपाचाराधिन छन्। जो अस्पतालको नयाँ भवनको तल्लो वार्डमा भर्ती छन्। महिलाकी विवाहित छोरी गत शनिवारदेखि नै आमासित अस्पतालमा छे। आइतवार उ आफ्न आमाको छेउमा बसिरहेकी थिई, यसै बेला आरोपी वार्ड ब्वोई महिला वार्डमा आयो।

पुलिसले बतायो, “उसले कोठाको बत्ती बन्द गरेर महिलासित बलजफ्ती गर्ने प्रयास गऱ्यो। उसले चिच्याउने चेष्टा गर्दा आरोपीले उसलाई थप्पड़ हान्यो अनि फेरि मुक्का। महिलाले आफूलाई वार्ड ब्वोईको पञ्जाबाट आफूलाई मुक्त गराएर बाहिर गई।”

महिला चिच्याएको सुनेर वरपरका मानिसहरू घटनास्थलमा आए। कोठाको बत्ती बाल्दा आरोपी त्यहाँबाट भाग्यो। त्यसपछि पीड़िताले स्थानीय थानामा लिखित सिकायत दर्ता गराई। सिकायतको आधारमा पुलिसले अस्पताल प्रशासनसित बातचित गऱ्यो अनि सीसीटीभी फुटेजको जाँच गरी आरोपी वार्ड ब्वोईलाई पक्राउ गऱ्यो।

पुलिस सूत्र मुताविक आरोपी बर्धमान शहरको बाबूरबाग कालीतला क्षेत्रको निवासी हो र पछिल्लो 21 वर्षदेखिको बर्धमान मेडिकल कलेज एवं अस्पतालमा वार्ड ब्वोईको रूपमा कार्यरत छ। पुलिसले यो पनि जाँच गरिरहेको छ, आरोपीविरूद्ध पहिला पनि कुनै प्रकारको सिकायत थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande