सामान्य विवादमा युवकको गोली दागी हत्या
सामान्य विवादमा युवकको गोली दागी हत्या


बोकारो, 28 अक्टोबर (हि.स.)। चास थाना क्षेत्रको आदर्श कलोनीस्थित गाई घाट नजिकै गए सोमवार राती सामान्य विवादमै एकजना युवकको गोली दागी हत्या गरियो। मृत युवकको पहिचान यदुवंश नगर निवासी अजय यादव उपनाम सोनुको रूपमा भएको छ। प्रत्यक्षदर्शीहरू अनुसार सोनु र बलराम तिवारी नामक युवकमाझ कुनै कुरालाई लिएर भनाबैरी भएको थियो। यसरी झगड़ा भएको केही क्षणपछि बलराम तिवारी आफ्ना केही साथीहरूलाई लिएर गाई घाटस्थित शिव मन्दिर छेउमा आइपुग्यो जहाँ सोनु आफ्ना साथीहरूसित थियो। सोनुले केही बुझ्न अगावै बलरामले पेस्तोल निकालेर उमाथि तीन-चार राउण्ड फायरिंग गऱ्यो। तीन वटा गोली सोनुको पेटमा लाग्यो जसले गर्दा उ गम्भीर रूपमा घाइते भयो। हतार-हतार स्थानीय मानिसहरूको सहयोगमा उसलाई बोकारो जनरल अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।

घटनाको सूचना पाउनसाथ चास थाना पुलिसले घटनास्थलमा पुगेर सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर जाँच शुरू गऱ्यो। पुलिसले घटनास्थलबाट केही प्रमाणहरू पनि एकत्र गरेको छ। जाँचबुझको लागि दुईजना युवकलाई हिरासतमा लिएको छ। मृतक सोनो आईआरबीमा कार्यरत थियो जसको पोस्टिंग गिरिडीहमा भएको थियो। छठ पर्वको छुट्टीमा सोनु आफ्नो घरमा आएको थियो। हत्या भएको खबर फैलिनसाथ क्षेत्रको परिवेश तनाउपूर्ण भयो। चास एसडीपीओ औ थाना प्रभारीले बताए, मामिलाको जाँच गरिँदैछ। मुख्य आरोपी र उसका सहयोगीहरूको खोजीमा छापामारी जारी छ। आरोपी बलराम तिवारीको पूर्वमा आपराधिक रेकर्ड पनि छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande