
सम्भल, 28 अक्टोबर (हि.स.)। फिल्म प्रोड्यूसर अमित जानीलाई सम्भलमाथि फिल्म बनाउँदा बमले उड़ाउने धम्की दिइएको छ। जानकारी अनुसार, अमित जानी जब मुरादाबाददेखि सम्भल आइऱहेका थिए, तब उनलाई एक अज्ञात नम्बरबाट फोन आयो। कल गर्नेले आफूलाई कश्मीर निवासी शब्बीर बतायो औं भन्यो, यदि उनले सम्भलको सत्यमाथि फिल्म बनाउने प्रयास गरे उनलाई बमले उड़ाइनेछ।
धम्कीले नआत्तिएर अमित जानीले तुरन्तै यस घटनाको सूचना गृहमन्त्री, उत्तर प्रदेश पुलिस र अन्य सम्बन्धित अधिकारीहरूलाई दिए। उनले आरोपी विरूद्ध प्राथमिकी दर्ता गरी गिरफ्तारीको माग गरेका छन्।
अमित जानीको भनाई छ, उनी कुनैपनि धम्कीले डराउनेछैनन् र फिल्म अवश्य बनाउनेछन्। उनले मीडियासित कुराकानीमा भने, मलाई कश्मीरको शब्बीर नामको व्यक्तिले फोनमा धम्की दियो कि यदि मैले सम्भलको सत्यलाई फिल्म बनाए मलाई बमले उड़ाइनेछ। मैले यसको शिकायत गृह मन्त्रालय र पुलिसलाई दिएको छु। देशमा अभिव्यक्तिको आजादी छ, म सत्य देखाउनदेखि पछि सर्नेछुइन। अहिले सम्भल पुलिसले यस मामिलाको जाँच शुरू गरेको छ। साइबर टीम कल डिटेल्स निकाल्नमा जुटेको छ ताकि धम्की दिनेको पहिचान गर्न सकियोस्। प्रशासनले सुरक्षा बढ़ाउने आश्वासन दिएको छ। यस घटनापछि फिल्म इन्डस्ट्रीमा पनि रोष र चिन्ताको माहोल छ।
हिन्दुस्थान समाचार / भवानी थामी