
फर्रूखाबाद, 28 अक्टोबर (हि.स.)। थाना साइबर क्राइम फतेहगढ़ क्षेत्रमा भएको रिटार्यड फौजीको साथ 40 लाख रूपियाँको साइबर ठगीको खुलासा गर्दै दुई चतुर साइबर ठगहरूलाई पक्राउ गरिएको छ। ठगहरूदेखि 25 लाख रूपियाँ नगदी, 6 मोबाइल, 10 सिम र 22 एटीएम कार्ड तथा 1 ओडी कार (मूल्य लगभग 40 लाख) जफत भएको छ।
अपर पुलिस अधीक्षक संजय सिंहले बताए, पक्रा परेका दुवै साइबर ठग जिल्ला मुरादाबादको निवासी हुन्। यिनीहरूले पेट्रोल पम्पको रजिस्ट्रेशनको नाममा उच्च रकम लिएर साइबर ठगी गर्थे। यिनीहरूलाई आज खबरीको सूचनामा पक्राउ गरियो। पक्रा परेका ठगहरूले आफ्नो नाम आलम पुत्र जाबिर अंसारी निवासी बिलारी थाना बिलारी जिल्ला मुरादाबाद तथा दोस्रोले कादिर पुत्र शरीफ निवासी करुला अनवर नगर मुरादाबाद बताएको छ। यी दुवैसित पुलिसले जाँचबुझ गरिरहेको छ।
अपर पुलिस अधीक्षकले बताए, प्रभारी निरीक्षक राजेश सिंहलाई साइबर ठग जिल्लाको सीमामा रहेको सूचना प्राप्त भएको थियो। यस सूचनाको आधारमा उनले आफ्नो टीमको साथ छापा मारे औं दुवैलाई एक पेट्रोल पम्पबाट पक्राउ गरे। यी दुवै साइबर क्राइम गरेको मामिला धेरै पल्ट थुना परिसकेका छन्। यिनीहरूको आपराधिक इतिहासको छानबीन भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी