
गौतमबुद्ध नगर, 28 अक्टोबर (हि.स.)। नोएडाको थाना सेक्टर 58 पुलिसले 3 किलो चरसको साथ एक आरोपीलाई पक्राउ गरेको छ। जफत गरिएको चरसको मूल्य लाखौं रूपियाँ बताइएको छ।
पुलिस उपायुक्त जोन प्रथम यमुना प्रसादले बताएका छन्, थाना सेक्टर 58 पुलिसले एक सूचनाको आधारमा सेक्टर 59 मेट्रो स्टेशन निकट मेरठ जिल्ला निवासी शिवमलाई पक्राउ गरेको छ। तलाशीमा उदेखि लगभग 3 किलो चरस जफत गरियो। पक्रा परेको आरोपीको एक साथी भाग्नमा सफल रह्यो। पुलिसले उलाई खोजीरहेको छ।
जाँचबुझमा थाहा लागेको छ कि पहिले आरोपीले शेयर मार्केटको काम गर्थ्यो। त्यसमा घाटा भएपछि चरस बेच्नु शुरू गऱ्यो। आरोपीसित गरिएको सोधपुछको आधारमा यसका अन्य साथीहरूको खोजबीन जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी