संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ
संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ


गान्तोक, 28 अक्टोबर (हि.स.)। गेजिङ पुलिसले एक वाहन चालकलाई संदिग्ध ब्राउन शुगरको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने चालकको नाम देवराज राई बताइएको छ। 32 वर्षीय आरोपी गेजिङको पाण्डे कलोनी निवासी हुन्।

पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, पुलिसले विश्वसनीय स्रोतको आधारमा सोमवार जोरथाङदेखि गेजिङ आइरहेको एउटा वाहनलाई ओमचुङ, गेजिङमा रोकेर छानबिन गऱ्यो। यस क्रममा 21 वटा साना प्लास्टिकका पाउचहरू भेटिए, जसमा फुस्रो रङ्गको पदार्थ थियो। कूल 22.09 ग्राम वजनको संदिग्ध ब्राउन शुगर आरोपीको प्यान्टको गोजीमा भेटिएको पुलिसले बताएको छ।

यस सम्बन्धमा आरोपी व्यक्तिले वैध चिकित्सा दस्तावेजहरू उपलब्ध गराउन सकेनन्। आरोपी विरुद्ध एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरि कानूनी कारबाही शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande