हेरोइनको साथ हरियाणाको युवक पक्राउ
हेरोइनको साथ हरियाणाको युवक पक्राउ


कुल्लू, 28 अक्टोबर (हि.स.)। थाना कुल्लू अन्तर्गत पुलिसले हेरोइनको खेप जफत गरेको छ। पुलिसद्वारा आरोपीलाई पक्राउ गरी सोधपुछ शुरू गरिएको छ। नशा तस्करीको मामिला हिजो गए साझँ अघि आयो जब थाना सदर कुल्लूको टीम फोरलेन मार्ग स्थित तलोगीमा नाकामा तैनाथ थियो। पुलिसद्वारा यस अवधि पञ्जाब रोडवेज बस (पीबी 65 बीबी 7138) लाई जाँचको निम्ति रोकियो।

पुलिसलाई देख्नसाथ बसमा सवार युवक आत्तियो। पुलिसद्वारा सन्देहको आधारमा जब उक्त व्यक्तिको तलाशी लिइयो तब उदेखि 61 ग्राम हेरोइन जफत गरियो। पुलिसले नशाको खेपलाई आफ्नो कब्जामा लिएर आरोपीलाई पक्राउ गऱ्यो।

पुलिस अधीक्षक डा. किसर्तिकेयनले बताए, पुलिसले आऱोपी युवक राहुल कुमार (23) पुत्र फकीर चन्द निवासी गांउ र डाकघर ऐलनाबाद, बाल्मिकी चौक, वार्ड न0-2, जिल्ला सिरसा (हरियाणा) विरुद्ध मादक पदार्थ अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ। पुलिस आरोपीको साथ जोड़िएका तस्करहरूलाई खोज्नमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande