
चेन्नई, 28 अक्टोबर (हि.स.)। बंगालको खाड़ीमा चक्रवात 'मोन्था' एक अत्यन्त भीषण चक्रवाती तूफान बनेको छ। योस तूफान आज 28 अक्टोबर साझँ वा राति आन्ध्र प्रदेशको तट (काकीनाडा निकट मछलीपट्टनम र कलिंगपट्टनमबीच) सित ठोकिने आशंका छ, जसको गति 110 किलोमीटर प्रति घण्टासम्म पुग्नसक्छ, यसैले तमिलनाडूका दुई जिल्ला चेन्नई र तिरूवल्लूरमा स्कूलहरूमा छूट्टी घोषित गरिएको छ।
मौसम विभागले आज बिहान 28 अक्टोबर 2025 को आफ्ना ताजा अपडेटमा भनेको छ, तूफान 'मोन्था' को कारण आन्ध्र प्रदेश, ओडिशा, छत्तीसगढ़, तेलंगाना, तमिलनाडु, पुडुचेरी र अन्य केही राज्यहरूमा भारीदेखि अति भारी वर्षा हुने आशंका छ। 'मोन्था' चक्रवात आज मंगलवार बिहान एक अत्यन्त भीषण चक्रवाती तूफानमा परिणत भएको छ। मौसम विभागको तर्फबाट चक्रवात आज साझँ वा राति आन्ध्र प्रदेशको मछलीपट्टनम र कलिंगपट्टनमबीच तटलाई नाघ्न सक्ने घोषणा गरिएको छ। यो पनि चेताउनी दिइएको छ कि तट नाघेको समय हावाको गति 110 किलोमीटर प्रति घण्टासम्म पुग्नसक्छ।
मौसम विभागको तर्फबाट बताइयो, चक्रवात 'मोन्था' गत आइतवार बंगालको खाड़ीको दक्षिण-पश्चिम र त्यस निकट दक्षिण-पूर्वमा बनेको थियो। हिजोसम्म यो चेन्नईदेखि 400 किलोमीटर पूर्व, आन्ध्र प्रदेशको काकीनाडादेखि 500 किलोमीटर दक्षिण-दक्षिणपूर्व र पोर्ट ब्लेयरदेखि 800 किलोमीटर पश्चिममा थियो। 'मोन्था' चक्रवात 17 किलोमीटर प्रति घण्टाको बेगले तमिलनाडु र आन्ध्र प्रदेशतिर पनि बढ़िरहेको थियो। यस्तो स्थितिमा भारतीय विभागले बताएको छ, 'मोन्था' चक्रवात आज बिहान एक अत्यन्त भीषण चक्रवाती तूफ़ानमा परिणत भएको छ।
मौसम विभाग अनुसार, 'मोन्था' चक्रवात जुन स्थानमा तटलाई नाघ्नेछ, त्यो तमिलनाडू निकट छ, यसैले न केवल आन्ध्र प्रदेश तर तमिलनाडूमा पनि भारी वर्षा हुनेछ। यद्यपि, सोमवार रातिदेखिकै तमिलनाडूको राजधानी चेन्नई, तिरुवल्लूर, कांचीपुरम समेत राज्यका अन्य जिल्लाहरूमा घना वर्षा भइरहेको छ। 'मोन्था' को प्रभाव आन्ध्र प्रदेश, ओडिशा, तमिलनाडु, पश्चिम बंगाल, छत्तीसगढ़ र झारखण्ड जस्ता राज्यहरूमा पनि देखिँदैछ। सम्भवतः बिहारको मौसममाथि पनि यसको असर पर्नेछ।
मौसम विभागले भनेको छ, आज दिउँसोदेखि तमिलनाडुका लगभग सबै जिल्लाहरूमा पानी पर्नेछ र आन्ध्र प्रदेश निकट तिरुवल्लूर, चेन्नई, कांचीपुरम, विल्लुपुरम, चेंगलपट्टू, वेल्लोर र रानीपेट सहित उत्तरी जिल्लाहरूमा घना वर्षा हुने सम्भावना छ। सावधानी अन्तर्गत चेन्नई र तिरुवल्लूरमा स्कूलहरूमा छुट्टी घोषित गरिएको छ। कांचीपुरम, रानीपेट र चेंगलपट्टू सहित धेरै जिल्लाहरूमा पनि घना वर्षाको चेताउनी जारी गरिएको छ तर अहिलेसम्म त्यहाँका स्कूलहरूमा छुट्टी घोषित गरिएको छैन। यस बाहेक मछुआराहरूलाई तमिलनाडूको समुद्रमा नजाने चेताउनी दिइएको छ।
'मोन्था' को कारण 60 ट्रेन रद्द
चक्रवाती तूफ़ान 'मोन्था' तटतिर बढ्नसाथ पूरा आन्ध्र प्रदेशमा घना वर्षा भइरहेको छ। यसले गर्दा राज्यका 16 जिल्लाका लागि रेड अलर्ट जारी गरिएको छ। यस बाहेक आन्ध्र प्रदेश र तमिलनाडु सहित अन्य राज्यहरू भएर गुज्रिने 60 ट्रेनको सेवा रद्द गरिएको छ। दक्षिण रेलवेले घोषणा गरेको छ, 20 भन्दा धेरै ट्रेनहरूको समयमा बदलाव गरिएको छ। यसैगरी चेन्नईदेखि विशाखापत्तनम सहित आन्ध्र प्रदेशका अन्य हिस्साहरूका लागि 12 उड़ान पनि रद्द गरिएको छ।
घना वर्षाको सम्भावना
मौसम विभागले भनेको छ, आज साझँ जब चक्रवात 'मोन्था' आन्ध्र पदेश भएर गुज्रिनेछ, चेन्नई, तिरूवल्लूर र कांचीपुरम जिल्लाहरूमा तीव्र गतिमा हावा चल्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी