
जयपुर, 28 अक्टोबर (हि.स.)। जयपुर ग्रामीण जिल्लाको मनोहरपुर थाना क्षेत्रमा मंगलवार बिहान हाईटेन्शन लाइन छोएपछि एक निजी बसमा करेन्ट दौड़ियो, जसबाट बसमा सवार 12 मजदूर जले। दुर्घटनापछि बसमा आगो लाग्यो। जलेका मजदूरहरूलाई शाहपुराको उपजिल्ला अस्पताल पुऱ्याइयो, जहाँ तीन मजदूरको मृत्यु भयो। अन्य केही मजदूरहरूको अवस्था चिन्ताजनक बनेको छ।
शाहपुरा (जयपुर ग्रामीण) वृत्ताधिकारी मुकेश चौधरीले बताए, यो घटना टोडी गाउँ निकट भएको हो, जहाँ एक निजी बसमा ईटा-भट्टीमा काम गर्ने मजदूरहरूलाई लगिँदैथियो। सोही अवधि बस हाईटेन्शन लाइनको सम्पर्कमा आयो र बसमा करेन्ट दौड़ियो। यस दुर्घटनामा बसमा सवार लगभग 12 मजदूर करेन्टको चपेटमा पर्दा जले। घटनाको जानकारी पाएपछि मनोहरपुर थाना पुलिसको साथै उनी आफै घटनास्थलमा पुगे। करेन्टले जलेका मजदूरहरूलाई शाहपुराको उपजिल्ला अस्पताल पुऱ्याइयो, जहाँ तीन मजदूरहरूको मृत्यु भयो। अन्य केही मजदूरहरूको अवस्था अहिले चिन्ताजनक बनेको छ।
शाहपुरा एसडीएम संजीव खेदड़ले बताए, दुर्घटनापछि बसमा आगो लाग्यो र घटनास्थलमा खैलाबैला, मानिसहरूको चित्कार सुनियो। स्थानीय प्रशासनका साथै दमकललाई घटनास्थलमा बोलाइयो र आगो निभाइयो। एसडीएमको भनाई छ, यस दुर्घटनामा दश जनालाई प्राथमिक उपचारपछि शाहपुराको उपजिल्ला अस्पतालबाट जयपुरको सवाई मानसिंह अस्पताल रेफर गरिएको छ, जहाँ उनीहरूको समुचित उपचार गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी