
औरैया, 28 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको औरैया जिल्लाको थाना अछल्दा क्षेत्रको एक गाउँमा सोमवार साझँ किशोरले घर बाहिर खेलिरहेकी साढ़े पाँच वर्षीय नानीलाई काकाको घर लगेर छप्परमा कुकर्म गऱ्यो। जब अबोध रुदै घर पुगी तब परिजनलाई घटनाको जानकारी भयो। जानकारी पाएपछि घटनास्थलमा पुगेको पुलिसले अबोधलाई चिकित्सीय परीक्षणको निम्ति सामुदायिक स्वास्थ्य केन्द्र अछल्दा पठायो। साथै किशोरलाई हिरासतमा लियो।
सोधपुछमा किशोरल बतायो, उ साथमा खेलिरहेको थियो। खेल्दा खेल्दै उबाट यस्तो काण्ड भयो।
क्षेत्रको एक गाउँमा साढ़े पाँच वर्षीय अबोध बालिका दैलोमा खेलिरहेकी थिइ। तब छिमेकी 14 वर्षीय किशोरले उलाई फकाएर काकाको घर लग्यो। जहाँ छप्परमा उसको साथ दुष्कर्म गऱ्यो। उ रुँदै घर पुगी र परिजनहरूलाई सबैकुरा बताई।
परिजनले पुलिसलाई सूचना दिए। थाना प्रभारी पंकज मिश्रा घटनास्थलमा पुगे। पुलिसले परिजनबाट घटनाको सम्बन्धमा जानकारी लियो र आरोपी किशोरलाई हिरासतमा लिएर थाना लग्यो। अबोधलाई चिकित्सीय परीक्षणको निम्ति सामुदायिक स्वास्थ्य केन्द्र पठाइयो। चिकित्सक ललित मोहनले प्राथमिक परीक्षणपछि मेडिकल कलेज रेफर गरेका छऩ्। बिधूना सीओ पी प्रत्यूष मिश्राले बताए, किशोरीको बोज्यूले साझँ पुलिसलाई घटनाबारे सूचना दिएकी थिइन्। मेडिकलको निम्ति बालिकालाई पठाइएको छ र छिमेकी किशोरसित सोधपुछ भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी