छठ पूजामा अर्घ्य दिरहेका युवकको नदीमा डुबेर मृत्यु
छठ पूजामा अर्घ्य दिरहेका युवकको नदीमा डुबेर मृत्यु


जौनपुर, 28 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको जाैनपुर जिल्ला अन्तर्गत केराकत थाना क्षेत्रमा छठ पूजा अवधि मंगलवार बिहान सूर्यलाई अर्घ्य दिरहेको बेला खुट्टा चिप्लिएर एकजना युवक गोमती नदीमा डुब्यो। पुलिसले कड़ा परिश्रम गरेर युवकको शवलाई नदीबाट उद्धार गरी अग्रिम कारबाहीमा जुटेको छ।

क्षेत्राधिकारी अजीत कुमार रजकले बताए, छठ पूजाको दिन आज सूर्यलाई पानी चढ़ाउने परम्परालाई पालन गर्न केराकत खण्ड अ्तर्गत गोमती नदीको तटमा भोर बिहान हजारौं महिला अनि पुरूषहरू उर्लिएका थिए। पूजा गर्नका लागि सिहोली निवासी गोलु यादव (20), पुत्र दुलार यादव पनि सपरिवार सरौनी पूरब पट्टी ताड़ी नदी घाटमा आएका थिए। बिहान लगभग 5 बजे घाटमा सूर्यलाई अर्घ्य दिनको लागि नदीभित्र पस्ने क्रममा खुट्टा चिप्लिएर गोली गहिरो नदीमा डुबे। वरपरका मानिसहरूले तिनलाई बचाउने हरसम्भव प्रयास गरे, तर सबै प्रयास विफल भयो।

सीओले बताए, घटनाको जानकारी पाएर केराकत थाना प्रभारी दीपेन्द्र सिंह दलबलसितै घटनास्थलमा पुगे अनि नदीमा डुबेका युवकलाई गोताखोरहरूको सहयोगमा खोज्न शुरू गरे। लामो समयसम्म खोजी कार्य गरिएपछि युवकको शवलाई घाटदेखि लगभग तीन किलोमीटर टाड़ाबाट उद्धार गरियो। यस मामिलामा परिवारको पक्षबाट कुनै रिपोर्ट दर्ता गरिएको छैन। सबै औपचारिकता पूरा गरेपछि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande