क्यापिलरी टेक्नोलजिजका सह-संस्थापक अनिश रेड्डी आईआईटी खड़गपुर आइपुगे
क्यापिलरी टेक्नोलजिजका सह-संस्थापक अनिश रेड्डी आईआईटी खड़गपुर आइपुगे


खड़गपुर, 29 अक्टोबर (हि. स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) खड़गपुरमा गएमंगलवारएक विशेष औप्रेरणादायक कार्यक्रमकोआयोजनगरियो। क्यापिलरी टेक्नोलजिजका सह-संस्थापक एवं प्रबन्ध निदेशक तथा आईआईटी खड़गपुरका गौरवशाली छात्र अनिश रेड्डीसित एक ‘फायरसाइड च्याट’-कोआयोजनगरियो। सो कार्यक्रम एन्टरप्रेन्योरशिप सेलद्वारा टेक्नोलजी स्टुडेण्ट्स जिमखाना (टीएसजी)-को सहयोगमा आयोजना गरिएको थियो।

कार्यक्रमकाआयोजकहरूले बुधवार बताए, यस सत्रको उदेश्य नवाचार, दृढ़्ता एवं उद्यमशिलताको भावनाको उत्सव मनाउनु थियो। यस अवसरमा छात्र कल्याण डीन प्रो. अरुण चक्रवर्तीकोगरिमामय उपस्थिति रहेको थियो।उनले कार्यक्रमलाई सफल बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरे। प्रो. चक्रवर्तीसितनिदेशककाचीफअफ स्टाफ अभ्रजीत साहालेअनिस रेड्डीलाई उष्ण स्वागत गरे अनि उनलाई आफ्नोअल्मा मेटरसित जोड़िएकोमा आभार व्यक्त गरे।

कार्यक्रमकोअध्यक्षता टीएसजीकाउपाध्यक्ष सुधागनी प्रणिथ कुमार औएन्टरप्रेन्योरशिप सेलकाछात्र संयोजक अर्मान बारिकले गरे। दुवैले मिलेर अतिथिहरूसित सम्वादलाई उत्साहपूर्ण एवं सारगर्भित बनाए।

यस आत्मीय बातचीतको क्रममा अनिश रेड्डी, जो आईआईटी खड़गपुरकोई-सेलकासंस्थापक सदस्यहरूमध्ये एक हुन्-ले आफ्नो छात्र जीवनदेखि लिएर क्यापिलरी टेक्नोलजिजको निर्माणसम्मको यात्राको संस्मरण साझा गरे- एउटा यस्तो कम्पनी जुन आज वैश्विकक्षेत्रमा अग्रणी छ र यस वर्ष सार्वजनिक निर्गम (आईपीओ) तर्फ अग्रसर भएको छ।

सत्रको अन्तमा आयोजित प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीहरूले आइडिएशन, रिस्क-टेकिंग, टीम-बिल्डिंग औशैक्षणिक दायित्वहरूसँगसँगैस्टार्टअप सपनाकोसन्तुलनमाथि विचार साझा गरे। यो सम्वाद विद्यार्थीहरूको लागि अत्यन्त प्रेरणादायी सिद्ध भयो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande