विधाननगर पुलिसले मोस्ट वान्टेड ठगलाई केरलबाट समात्यो
विधाननगर पुलिसले मोस्ट वान्टेड ठगलाई केरलबाट समात्यो


कोलकाता, 29 अक्टोबर (हि.स.)। पश्चिम बंगालको विधाननगर पुलिसले देशका सबैभन्दा कुख्यात ठगहरूमध्ये एक बेंगलुरू निवासी अजय के. उपनाम कुरापति अजयलाई केरलबाट पक्राउ गरेको छ।

विधाननगर पुलिसले बुधवार बतायो, पछिल्लो पाँच वर्षदेखिको अजय 13 वटा राज्यहरूको ‘मोस्ट वन्टेड’ सूचीमा सामेल थियो। उमाथि 24 वटा भन्दा अधिक प्राथमिकी दर्ता भएको छ। विभिन्न राज्यहरूका पुलिसले “अपरेशन अजय” नामक एक विशेष समन्वय अभियानसम्म शुरू गरेको थियो।

अजयले देशका अलग-अलग शहरहरूका होटल वा गेस्ट हाउसमा आएका मानिसहरूसित मित्रता गरेर विस्वास जितेपछि उनीहरूको मूल्यवान सामानहरू जस्तै मोबाइल, ल्यापटप, ब्यांक कार्ड आदि लिएर भाग्थ्यो। ‘एथिकल ह्याकिंग’- को जानकार भएको कारणले उसले सहजै जाली दस्तावेज वा पहिचान पत्र बनाउँथ्यो।

बिधाननगर पुलिस अनुसार यसै वर्षको गत 29 जुलाईमा विनय कुमार नामक व्यक्तिले सिकायत दर्ता गराएका थिए, उनीसित बस्ने अजयले फोन, वालेट र ल्यापटप चोरेर भागेको छ। यति मात्र नभएर चोर गरिएको क्रेडिट कार्डबाट पाँच लाख रुपियाँ र सुनको गहना अनि डेबिट कार्डबाट मोबाइल खरिद गर्नको लागि पैसा निकालेको छ। लगभग 50 लाख रुपियाँ उसले ठगी गरेको छ।

उक्त सिकायतको आधारमा अनुसन्धान शुरू गरियो। यो अभियान केरलसम्म पुग्यो अनि अन्ततः आइतवार अजयलाई पक्राउ गरियो। उसको कब्जाबाट धेरैवटा सिम कार्ड, जाली आधार कार्ड र डिजिटल उपकरण जफत गरिएको छ। जाँचमा यो पनि थाहा लागेको छ, उसले चोरी गरेको पैसाले 15 वटा आईफोन खरिद गरेर भिन्न-भिन्न नाममा लगभग 40 वटा सिम कार्ड निकालेको छ।

बिधाननगर पुलिसका डीसी (डिटेक्टिभ डिपार्टमेन्ट)-ले भने, अजयको हरेक अपराध एउटा नयाँ पहिचानको साथमा हुन्थ्यो। उसले सिम परिवर्तन गर्थ्यो, नक्कली दस्तावेज बनाउँथ्यो र ओटीपीको लागि अरूको फोन चोरी गर्थ्यो। त्यसैले उसलाई ट्र्याक गर्नु लगभग असम्भव नै थियो। तर हाम्रो टीमले धेरै महिना मिहीनेत गरेर उसलाई समातेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande