
कोलकाता, 29 अक्टोबर (हि.स.)। पश्चिम बंगालको पश्चिम मिदनापुर जिल्लास्थित जादवपुर विश्वविद्यालयको तेस्रो वर्षका छात्र सोहम पात्र (20)-को गए मंगलवार ट्रेनबाट झरेर मृत्यु भएको थियो जसको शवलाई पुलिसले बुधवार बिहान काँसाबती (कँसाई) नदीबाट उद्धार गऱ्यो। छात्र मूल रूपमा बाँकुड़ाका थिए। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाएर ममिलाको जाँच गरिरहेको छ।
सोहम बितेको मंगलवार आफ्नी आमासित हावड़ा-आद्रा ‘शिरोमणि एक्सप्रेस’ मार्फत बाँकुड़ास्थित आफ्नो घर फर्किरहेका थिए। ट्रेन मिदनापुर स्टेशनमा प्रवेश गर्नै लागेको थियो (जुन समय काँसाई हल्ट नजिक ट्रेनको गति मन्द थियो) सुहमकीआमाशौचालयगइन्। फर्केर आउँदा छोरा सीटमा थिएन। सहयात्रीहरूले बताए, सोहमलाई अन्तिम पटक ट्रेनको ढोकामा उभिएको देखिएको थियो। त्यसपछिदेखि उ बेपत्ता भएको थियो।
ट्रेन मिदनापुर स्टेशनमा पुगेपछि सोहमकी आमाले तत्कालै टिकट परीक्षक र रेलवे पुलिसलाई घटना बारे बताइन्। रातभरि रेसक्यु अपरेशन चल्यो, तर शव भेटिएन। बुधवार बिहान काँसाई हल्ट क्षेत्रमा रेलवे ब्रिज मुनि शवलाई नदीमा तैरिरहेको देखियो। सूचना पाउनसाथ रेलवे पुलिससँगसँगै पश्चिम मिदनापुर जिल्ला पुलिस पनि घटनास्थलमा पुग्यो। गुड़गुड़िपाल थाना, खड़गपुर लोकल थाना औ सादातपुर फाड़ीको पुलिसले मानिसहरूको सहयोगमा बिहान लगभग 11:15 बजे शवलाई बाहिर निकाले।
प्राथमिक जाँचमा पुलिसले यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि सोहम ट्रेनबाट सन्तुलन हराएको कारणले झरेको थियो वा उसले आफै हाम फालेको थियो। परिवारको पक्षबाट अहिलेसम्म कुनै सिकायत दर्ता गरिएको छैन। हाल पुलिसले अप्राकृतिक मृत्युको मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
पुलिस अनुसार सोहमका पिता र आमा बाँकुड़ा नगरको वार्ड नम्बर- 15 मा बस्छन्। मंगलवार राती नै उनीहरू मिदनापुर पुगेका थिए। सोहमका माता-पिताले भने, “हामी अहिलेघरि केही पनि भन्नसक्ने स्थितिमा छैनौं। के भयो, यो पुलिसले नै बताउन सक्छ। हामीलाई कसैमाथि कुनै प्रकारको सन्देह छैन। हाम्रो छोरा जादवपुर विश्वविद्यालयमा तेस्रो वर्षमा पढ़्दै थियो, ऱ्यागिंग जस्तो कुनै कुरा भएको थिएन। हामीलाई लाग्छ, उसले आत्महत्या गऱ्यो होला।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा