देशको आर्थिक, राजनीतिक तथा सामाजिक प्रगतिमा भ्रष्टाचार एउटा ठूलो बाधा होः आशिष जैन
देशको आर्थिक, राजनीतिक तथा सामाजिक प्रगतिमा भ्रष्टाचार एउटा ठूलो बाधा होः आशिष जैन


’सतर्कता जागरूकता सप्ताह-2025’ -मा मण्डल रेल प्रबन्धकले कर्मचारी तथा अधिकारीहरूलाई सत्यनिष्ठाको शपथ दिलाए

वाराणसी, 29 अक्टोबर (हि.स.)। पूर्वोत्तर रेलवेका मण्डल रेल प्रबन्धक आशीष जैनले बुधवार भने, मलाई विश्वास छ कि देशको आर्थिक, राजनीतिक तथा सामाजिक प्रगतिमा भ्रष्टाचार एउटा ठूलो बाधा हो। भ्रष्टाचार उन्मूलनको लागि सबै सम्बन्धित पक्षहरू जस्तै सरकार, नागरिक तथा निजी क्षेत्रले एकसाथ मिलेर कार्य गर्न आवश्यक छ।

उनले भने, प्रत्येक नागरिकले सतर्क भएर सदैव इमानदारी अनि सत्यनिष्ठाको उच्चतम मानदण्डप्रति वचनबद्ध भएर भ्रष्टाचारविरूद्ध संघर्षमा साथ दिनुपर्छ। मण्डल रेल प्रबन्धकले आफ्नो लहरतारास्थित कार्यालय परिसरको सभागृहमा 'सतर्कता जागरूकता सप्ताह ' अन्तर्गत रेल अधिकारी एवं कर्मचारीहरूलाई आफ्नो कार्यक्षेत्रमा इमानदारी तथा पारदर्शितालाई कायम राख्नको लागि सत्यनिष्ठाको शपथ दिलाएपछि उनीहरूलाई सम्बोधन गरिरहेका थिेए।

उनले भ्रष्टाचारको कुनै पनि घटनाको रिपोर्ट उचित एजेन्सीलाई दिने शपथ पनि दिलाए। वारणसी मण्डलमा गत 27 अक्टोबरदेखि आगामी 2 नोभेम्बरसम्म सतर्कता जागरूकता सप्ताह मनाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande