गोपाष्टमीमा खड़गपुर गोपाली आश्रममा भयो गौ पूजन, पूर्व सांसद दिलीप घोषको उपस्थिति
गोपाष्टमीमा खड़गपुर गोपाली आश्रममा भयो गौ पूजन, पूर्व सांसद दिलीप घोषको उपस्थिति


खड़गपुर, 29 अक्टोबर (हि. स.)। गोपाष्टमीको पावन अवसरमा बुधवार खड़गपुरको गोपाली आश्रममा श्रद्धा औ भक्तिभावले गौ पूजन आयोजना गरियो। कार्यक्रममा पूर्व भाजपा सांसद दिलीप घोष उपस्थित थिए।यस अवधि क्षेत्र गौ रक्षा प्रमुख अमल चक्रवर्ती लगायत दिव्येन्दु चक्रवर्ती, अवनि कुमार भाँज, स्वप्न मण्डल, रामपद आचार्य, श्रीनाथ सिन्हा, हरिदास गायन आश्रमका गौ भक्त आदि उपस्थित थिए।

गौशाला परिसरमा 65 वटा गौ माताहरूको विधिवत पूजा-अर्चना गरियो। श्रद्धालुहरूले पुष्प, तिलक, फल औ दीपक अर्पित गरी गौ माताको आरती गरे। “गो माता की जय” -को उद्घोषले सम्पूर्ण आश्रम परिसर भक्तिमय भयो।

यस अवसरमा पूर्व सांसद दिलीप घोषले भने, गौ सेवा भारतीय संस्कृतिको अभिन्न अंगहो। गौ माता हाम्रो जीवनमा समृद्धि एवं शान्तिकी प्रतीक हुन्। प्रत्येक व्यक्तिले आफ्नो जीवनमा गौ सेवा अनि संरक्षण गर्ने संकल्प लिनुपर्छ।

यता खड़गपुर सदर भाजपाका मध्य मण्डल अध्यक्ष श्रीनाथ सिन्हाले भने, बाल्यकालदेखि नै मेरा पिताले मलाई गोपाली आश्रममा गोपाष्टमीको दिन लिएर आउने गर्थे। यहीँ नै मैले पूजा गर्ने विधि सिकेको हुँ। यो परम्परा आज पनि मेरो जीवनको अभिन्न अंग हो।

गोपाली आश्रमका हरिदास गायनले बताए, वर्तमानमा गौशालामा 65 वटा गाईहरू छन्। वरपरका गाउँहरूबाट नित्य मानिसहरू आएर सेवा गर्ने गर्दछन्। आश्रममा नियमित रूपमा सांस्कृतिक एवं धार्मिक कार्यक्रमहरू आयोजना गरिन्छ। आईआईटी खड़गपुर नजिकै रहेको कारणले त्यहाँका प्रोफेसर अनि विद्यार्थीहरू पनि समय-समयमा यहाँ आएर सेवाभावसित जोड़िन्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande