
नैनीताल, 29 अक्टोबर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू आगामी 3 र 4 नोभेेम्बरमा नैनीतालको दुई दिवसीय जिल्ला भ्रमण तथा प्रवासमा रहनेछन्। उनको प्रवासलाई सुव्यवस्थित ढंगमा सम्पन्न गराउनको लागि जिल्लाधिकारी ललितमोहन रयालले मंगलवार जिल्ला सभागृह नैनीतालमा विभागीय अधिकारीहरू अनि सुरक्षा एजेन्सीहरूसित बैठक गरे।
जिल्लाधिकारीले भने, राष्ट्रपतिको यात्रा जिल्लाको लागि गौरवको अवसर हो, अतः सबै अधिकारीहरूले समन्वय तथा जिम्मेवारीको साथमा आफ्नो दायित्व निर्वहन गरुन् अनि व्यवस्थाहरूलाई समयमै सुनिश्चित गरुन्। उनले जल संस्थानलाई पेयजलको उच्च गुणस्तरीय व्यवस्था, विद्युत विभागलाई अबाध विद्युत आपूर्ति, नगरपालिकालाई नगरमा सर-सफाई, पथ प्रकाश तथा सौन्दर्यीकरण सुनिश्चित गर्ने निर्देश दिए।
साथै लोक निर्माण विभाग औ राष्ट्रिय राजमार्ग प्राधिकरणका अधिकारीहरूलाई सड़क मार्गहरूबाट अवरोधक सामग्गरीहरूलाई हटाउने अनि राष्ट्रपतिको यात्रा मार्ग अनुरूप सबै व्यवस्थाहरूलाई पोख्ता बनाउन भने। यस अतिरिक्त चिकित्सा अधिकारीहरूलाई कार्यक्रम स्थलमा एम्बुलेन्स, चिकित्सक दल, कार्डियोलोजिस्ट तथा फिजिशियन सहित आपातकालीन चिकित्सा सुविधाहरू सुनिश्चित गर्ने निर्देश दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा