एपीएलको विस्तारमा 2.000 करोड़ रुपियाँको निवेशः मुख्यमन्त्री
एपीएलको विस्तारमा 2.000 करोड़ रुपियाँको निवेशः मुख्यमन्त्री


गुवाहाटी, 29 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, एक समय थियो जतिबेला अस्थिर नीति अनि सुरक्षासित जड़ित परिस्थितिहरूको कारण निवेशकहरू असममा आउन हिच्किचाउँथे। तर आज असम भारतको विकासका प्रमुख केन्द्रहरूमध्ये एक बन्न पुगेको छ।

मुख्यमन्त्रीले बताए, घरेलु एवं वैश्विक मागलाई पूरा गर्नको लागि असम पेट्रोकेमिकल्स लिमिटेड (एपीएल)-को मिथेनल र फर्मेलिन उत्पादनलाई विस्तार गरिँदैछ। यसको लागिग राज्य सरकारले दुई हजार करोड़ रुपियाँभन्दा अधिक निवेश गरिरहेको छ। उनले भने, यो निवेशले औद्योगिक विकासलाई मात्र प्रोत्साहित गर्नेछैन जबकि रोजगारको नयाँ अवसर पनि सृजना गर्नेछ साथै असमलाई पूर्वोत्तर भारतको एक सशक्त औद्योगिक मन्तव्य पनि बनाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande