
गुवाहाटी, 29 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमले राज्यका लाखौं विद्यार्थी अनि शोधार्थीहरूको लागि दुईवटा नयाँ योजनाहरू क्रमैले ‘जीवन प्रेरणा’ र ‘जीवन अनुप्रेरणा’ शुरू गर्ने घोषणा गरेका छन्।
मुख्यमन्त्रीले यी योजनाहरूको प्रगतिको समीक्षा गर्नको लागि एक उच्चस्तरीय बैठकको अध्यक्षता गरे अनि सम्बन्धित अधिकारीहरूलाई चाँड़ै यी योजनाहरूलाई क्रियान्वन गर्ने निर्देश दिए।
डा. सरमाले भने, यी योजनाहरू विद्यार्थीहरूलाई शिक्षा तथा शोधको क्षेत्रमा प्रेरित गर्न अनि उनीहरूलाई प्रोत्साहित गर्ने ध्येयले शुरू गरिँदैछ जसबाट असमका युवाहरूले नयाँ अवसर पाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा